उदयपुर । उदयपुरमा बैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादी विहिबार साँझ ५ बजे पक्राउ परेको छ । जिल्ला अदालत उदयपुरको फैसलाले बैदेशिक रोजगार ठगी मुद्धामा १ लाख ५० हजार र १ बर्ष ६ महिना ३ दिन कैद भई फरार रहेको फरार प्रतिबादी चौदण्डीगढी नगरपालिका ३ थुलुङडाँडा बस्ने ४३ वर्षिय सुजन राई पक्राउ परेको छ । गोप्य सूचनाका आधारमा आफ्नै घर वतनमा लुकिछिपी बसिरहेको अबस्थामा ईलाक प्रहरी कार्यालय बेल्टारबाट खटिएको बिशेष प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार फैसला कार्यन्वयनको लागि उदयपुर जिल्ला अदालत पठाईएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया