लहान । सिरहाको लहान नगरपालिका ३ स्थित डिभाइन हेल्थ केयर अस्पतालमा मृत्यु भएको सुत्केरी महिलाको आफन्तले अस्पताल र संचालक डा. चन्द्रशेखर यादव विरुद्ध प्रहरीमा जाहेरी दरखास्त दिएका छन । सो अस्पताल विगत ३ वर्ष देखि विना दर्ता नै नियम विपरीत संचालनमा रहेको तथ्य बाहिरिएको छ ।यस अस्पतालमा पटक पटक सुत्केरीको मृत्यु भएपनि अस्पतालको नियमन गर्ने आधिकारिक निकाय स्थानीय लहान नगरपालिका समेत नियमन गरी कार्वाहीको दायरामा ल्याउनुको साट्टा मौन बसेका छन् ।

लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर यादवले डिभाईन हेल्थ केयर अस्पताल विना दर्ता संचालनमा रहेको बताएका छन् । उनका अनुसार यस अस्पतालले दर्ता प्रक्रियाको लागि कुनै पनि कागजातमा मात्र होइन दर्ता प्रक्रियाबारे राय सुझाव समेत नगरपालिकासँग नलिइएको बताए ।

यस्तै स्वास्थ्य कार्यलय सिरहाका प्रमुख कृष्णदेव यादवको संयोजकत्वमा छान विन समिति गठन गरिएको छ । उक्त छानविन टोलीले मृतकको शव पोष्टमार्टमको लागि बि.पी. कोइराला विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कणेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया