काट्दै गरेको रुखको हागो टाउकोमा खस्दा मृत्यु
उदयपुर । उदयपुरमा छिमलिएको रुखको हाँगा टाउकोमा लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ खोटाङका २२ वर्षीय सरोज राई रहेका छन् ।
आइतबार साढे १२ बजे त्रियुगा नगरपालिका–७ पानीतारेस्थित बागेश्वरी सामुदायिक वन उपभोक्ता समितिको रूख काट्दा टाउकोमा छिमलिएको हाँगाले लाग्दा उनको मृत्यु भएको हो ।
समितिले डिभिजन वन कार्यालय गाईघाट उदयपुरबाट रूख कटानको आदेश लिई कामदारह...













