उदयपुर । उदयपुरमा बोलेरोले किचेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्ली गाउँपालिा ५ बस्ने अन्दाजी २५ वर्षिय रमेश नेपाली रहेको छ ।
विहिबार विहान २ बजेको समयमा ताप्ली गाउँपालिका ५ डुढे स्थित कच्ची सडक खण्डमा कटारीबाट रुपाटारतर्फ जाँदै गरेको प्र २–०१–००–१ च–००५० को बोलेरोबाट किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार उकालो चढ्न नसकी चिप्लिएर ब्याक हुँदा बोलेरोमा सबार नेपाली ओर्लने क्रममा कम्मरदेखि मुनीको भाग किची घाइते भएका थिए ।
घाइते नेपालीको तत्काल कटारी अस्पताल पठाएकोमा उपचारको क्रममा विहान ७ः३० बजे मृत्यु भएको छ ।
मृतकको लाश कटारी अस्पतालमा रहेको छ भने बोलेरो चालक फरार रहेको प्रहरीले जनाएको छ ।









