राजेन्द्र महतो, लहान । सिरहाको लहान स्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट एक थुनुवा फरार भएका छ्न। ईलाका प्रहरी कार्यालय (क) लहान बाट लागूऔषध मुद्दामा पक्राउ परेका एक थुनुवा फरार भएको हो ।
गत जेष्ठ २० गते लागु औषध तस्करी गरेको मुद्दामा पक्राउ परेका सिरहा नवराजपुर गाउँपालिका १ का पशुपति यादव शुक्रबार राती २ बजे हिरासतको ग्रिल काटी फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाइएको छ ।
फरार यादवको खोजी कार्य भइरहेको र घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवमं प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया