कटारी । उदयपुरको कटारी ५ वर्मजियाका स्वर्गिय बलबहादुर थापामगरको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । हिन्दू धार्मिक मान्यता र संस्कारलाई चुनौती दिँदै मगरका १४ वर्षीया छोरी भगवतीले आफैले शवलाई बोकेर घाट पुर्याई मृत्यु संस्कार गरेकी थिईन् ।
आर्थिक अवस्था कमजोर भएको र अरुको जग्गामा वस्दै आएको मगर परिवारलाई अमेरिकाबाट शेयर मिसन ईन्टरनेशनलका श्याम श्रेष्ठ र शान्ति श्रेष्ठले नगद ५५ हजार आर्थिक सहयोग गरेका हुन् ।
विभिन्न संञ्चारमाध्यमहरुमा किरिया पुत्री वसेका मगरका छोरीहरुको समाचार पढेपछी उनीहरुले कटारीका पत्रकार रेनु पराजुली मार्फत सहयोग पठाएका हुन् । उनीहरुले पठाएको सहयोग आज पराजुलीले भगवतीलाई हस्तान्तरण गर्नुभएको हो । आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने श्रेष्ठले बताएको पनि पराजुलीले बताउनुभयो । गएको २४ जेठमा बुवाको मृत्यु पश्चात बेपत्ता दाजुको बदलामा मृतक बुवालाई दागबत्ती दिने र किरियापुत्री बस्ने कामसमेत भगवतीले गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया