उदयपुर । उदयपुरमा सामूहिक बलात्कार गरेको आरोपमा ४ युवक पक्राउ परेको छ । जिल्लामा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरूमा उदयपुरगढी गाउँपालिका–६ सिन्कौले बस्ने २३ वर्षीय मदन पुलामी मगर, २० वर्षीय सुमन थापा र सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोरहरू रहेका छन् । उनीहरु विरुद्ध जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता समेत भईसकेको प्रहरीले जनाएको छ ।

उनीहरूले ती महिलालाई यही असार १५ गते राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थाई प्रहरी पोष्ट नेपालटारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया