समाचार प्रभाव : उदयपुरमा लाइसेन्सको परीक्षामा आफ्नै सवारी साधन प्रयोग गर्न पाउने, अझै घट्यो ट्राइल सेन्टरमा लाग्ने शुल्क
उदयपुर । उदयपुरमा आफ्नै सवारी साधनबाट ट्राइल दिन पाउने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले एक सूचना प्रकाशित गरि भोली (फागुन ५ गते) देखि लागू हुने गरी आफ्नै सवारी साधनबाट ट्राइल दिन पाउने व्यवस्था गरेको छ ।
गत पुस ९ गते शुक्रबार नागरिक बहस अनलाइनमा “उदयपुरमा सरकारी ट्राइल सेन्टर बनाउन थाति, निजीलाई पोस्ने नीति, ट्राइल सेन्टरमा दुई पाँग्रेको २७० रुपैया र चार पाँग्रेको ६१० रुपैया तिर्न...













