उदयपुरमा १३ ग्राम ब्राउन सुगर सहित एक युवक पक्राउ
उदयपुर । उदयपुरको बेलका नगरपालिका १ आम्बासीमा १३ ग्राम ब्राउन सुगर सहित एक युवक पक्राउ परेको छ । शनिबार साँझ ७ बजेको समयमा रामपुर फत्तेपुर सडक खण्ड अन्तर्गत आम्बासीमा चेकिङको क्रममा गोप्य सूचनाका आधारमा चौदण्डीगढी नगरपालिका ४ का ३१ वर्षिय भुषण राई पक्राउ परेको हो ।
कालो रङ्गको प्लाष्टिकमा पोको पारी लुकाई छिपाई ल्याउँदै गरेको १३ ग्राम लागू औषध ब्राउन सुगर सहित राई पक्राउ परेको प्रहरीले जानकारी दिए...













