उदयपुरबाट २ सय ४५ महिला र ४१ बालिका कहाँ बेपत्ता ? किन हराउँछन महिला बढी
सुखिलाल चौधरी, उदयपुर, उदयपुरमा महिला तथा बालबालिका हराउनेको संख्या डर लाग्दो देखिएको छ । दुई वर्ष नौ महिनाको तथ्याङ्क अनुसार अहिलेसम्म २ सय ४५ जना महिला, ४१ जना बालिका र १२ जना बालक गरी २ सय ९८ जना हराएको देखिन्छ ।
आर्थिक वर्ष ०७३÷०७४ मा एक सय ३० जना महिला, ३९ जना बालिका र १६ जना बालक गरी एक सय ८५ जना हराएको जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांकमा छ । जसमध्ये महिला २२, बालिका ५ र बालक १२ गरी ३...











