उदयपुरमा किताब सिंह मृत फेला

उदयपुरमा किताब सिंह मृत फेला
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ८ कात्तिके बस्ने ६० बर्षिय किताब सिंह राई घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेका छन् । विहिबार दिउँसो साढे १ बजे राई गाई, बाख्रा चराउन घर नजिकै रहेको कात्तिके जंगलमा गएकोमा राती अबेरसम्म पनि घर फर्कि नआए पछि आफन्तले खोजी गरेका थिए । खोजी गर्दै जाने क्रममा राती १२ बजे घर भन्दा दुई किलोमिटर टाँढा रहेको कात्तिके जंगलमा उनलाई मृत अवस्थामा फेला पारिएको इलाका प...

बादविवादका क्रममा दाउ प्रहार गरी एक घाईते

बादविवादका क्रममा दाउ प्रहार गरी एक घाईते
मोरङ । मोरङको बेलबारी नगरपालिका ९ पोखरी बस्ने ५५ वर्षिय गणेश चौधरीले सामान्य बादबिबादका क्रममा सोही स्थान बस्ने ६५ वर्षिय सुर्ता चौधरीलाई घरेलु हतियार दाउले पछाडीबाट टाउकोमा प्रहार गर्दा उनी घाईते भएका छन् । घाईते उनको स्थानिय किल्निक डागाबजारमा उपचार भईरहेको छ भने दाउ प्रहार गर्ने गणेश चौधरीलाई अस्थायी प्रहरी चौकी डागा बजारले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

अलैँची फाड्न गएका एक ब्यक्ति मृत फेला

अलैँची फाड्न गएका एक ब्यक्ति मृत फेला
ताप्लेजुङ । ताप्लेजुङको मिक्वा खोला गाउँपालिका ४ दलैचामा आफ्नै बारीमा अलैची फाड्न गई ३ दिनदेखी हराएका बर्ष ४८ को मनकुमार भन्ने मनमरे लिम्बु सोमबार मृत फेला परेको छ । साउन ३२ गते देखि अलैँची फाड्न गएका श्रीमान हराएपछि श्रीमती पबित्रा लिम्बुले प्रहरी चौकी पापुङ्गमा हुलिया निबेदन दिएकी थिईन । सोही क्रममा खोजत लाश गर्दै जाँदा सोमबार साझँ साढे ६ बजे मिक्वा खोलाको बगरमा मन कुमारलाई मृत अबस्थामा फेला परे...

घरायसी विवादले श्रीमानको कुटाईबाट श्रीमतिको मृत्यु

घरायसी विवादले श्रीमानको कुटाईबाट श्रीमतिको मृत्यु
उदयपुर । सँगै ज्युने सँगै मर्ने कसम खाएर बिबाह बन्धनमा बाँधिएकी कुन श्रीमतिलाई आप्mनै श्रीमान यमराज बन्छ भन्ने कल्पना होला ? तर, उदयपुरकी मञ्जु आलेमगरको जीवनमा यो अकल्पनीय घट्ना हुन पुग्यो । सोमबार साँझ श्रीमान श्रीमति बीच भएको सामान्य घरायसी विवादले बेलका नगरपालिका ५ की ३० वर्षीया मञ्जुको मृत्युको कारण हुन पुग्यो । बिबादको क्रममा श्रीमान तीर्थ आलेमगरको कुटाईबाट गम्भीर घाईते भएकी मञ्जुको मंगलबार ...

तपाईंका बच्चा कति सुरक्षित ?

तपाईंका बच्चा कति सुरक्षित ?
बालबालिकालाई आमाबुवाले आफ्नो सधैं निगरानीमा राख्न सक्दैनन् । धेरैजसो आमाबुवा कामकाजी छन् । दिनभर व्यस्त हुन्छन् । छोराछोरीसँग भेट्ने समय पनि त्यती रहँदैन । बालबच्चा कहाँ छन्, के गर्दैछन्, कोसँग छन्, कस्तो अवस्थामा छन् ? आमाबुवालाई थाहा हुँदैन । उनीहरुले राती घर फर्केपछि मात्र आफ्ना बालबच्चासँग भेट्न पाउँछन् । अर्कोतिर जमाना खराब छ । आपराधिक गतिविध बढेको बढ्यै छ । अपराधीहरुले ब...

उदयपुरमा लागूऔषध कारोबारी र सेवन कर्ता पक्राउ (तस्विर सहित)

उदयपुरमा लागूऔषध कारोबारी र सेवन कर्ता पक्राउ (तस्विर सहित)
उदयपुर । उदयपुरमा लागूऔषध कारोबारी र सेवन कर्ता पक्राउ परेको छ । गत बुधबार साँझ ६ बजेको समयमा त्रियुगा नगरपालिका ६ लालपत्ताबाट सशंकित सवारी साधन तथा मानिसहरुको चेक जाँचको क्रममा दुई जना लागूऔषध कारोबारी पक्राउ परेको थियो । सार्वजनिक सवारी साधन विङ्गरमा सबार भई लहानबाट गाईघाट तर्फ आउँदै गरेको सिरहा जिल्ला अर्नामा गाउँपालिका १ बस्ने २७ वर्षिय जिहाबुल मन्सुरी र ऐ.ऐ.बस्ने २५ वर्षिय तवारक अन्सारीलाई ल...

उदयपुरमा लागूऔषधको दलदलमा युवा जनशक्तिको डर लाग्दो तथ्याङ्क

उदयपुरमा लागूऔषधको दलदलमा युवा जनशक्तिको डर लाग्दो तथ्याङ्क
सुखिलाल चौधरी, उदयपुर । त्रियुगा नगरपालिका १३ असारी घर भएका मिलन खतिवडा अहिले प्रहरी हिरासतमा छन् । प्रहरीलाई प्राप्त प्रारम्भिक बयान अनुसार खतिवडाले थोरै समयमा धेरै पैसा कमाउने र उच्च महत्वकांक्षी जीवनशैली जिउने अभिलाषामा लागू औषध तस्कर कार्य गर्दै आएका थिए । प्रहरीले त्रियुगा नगरपालिका ११ स्थित शिवालय टोलमा डेरा गरी बसेका खतिवडाको कोठाबाट नाइट्राभेट १६ पत्ता, स्पासो स्पोजीभन १३ पत्ता, रेस्कोकफ ड...

प्रहरी र रवि समर्थकबीच झपड, ५ समर्थक पक्राउ (भिडियोसहित)

प्रहरी र रवि समर्थकबीच झपड, ५ समर्थक पक्राउ (भिडियोसहित)
चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका पत्रकार रवि लामिछाने पक्राउपछि प्रहरी र उनका समर्थकबीच झडप भएको छ । लामिछानेको रिहाई माग गर्दै प्रदर्शनमा उत्रेका समर्थकलाई तितरबितर पार्नेक्रममा झपड भएको हो । प्रदर्शन नियन्त्रण गर्नेक्रममा प्रहरीले ५ जना समर्थकलाई पक्राउ गरेको छ । पुडासैनी मृत्यु प्रकरणमा प्रहरीले लामिछानेसहित ३ जनालाई बिस्तृत अनुसन्धान थालेको छ । कुनै पनि व्यक्तिले मर्...

पत्रकार रवी लामिछाने र युवराज कँडेललाई दुव्र्यवहार र पक्राउ शैलीप्रति महासंघको ध्यानकर्षण (विज्ञप्तीसहित)

पत्रकार रवी लामिछाने र युवराज कँडेललाई दुव्र्यवहार र पक्राउ शैलीप्रति महासंघको ध्यानकर्षण (विज्ञप्तीसहित)
उदयपुर ।  पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको प्रकरणलाई लिएर पत्रकार रवी लामिछाने र युवराज कँडेललाई प्रहरीले दुव्र्यवहार र पक्राउ गरेको प्रति नेपाल पत्रकार महासंघको ध्यानकर्षण भएको छ । महासंघका सचिव रमेश विष्टले विज्ञप्ती जारी गर्दै पत्रकार रवी लामिछाने र युवराज कँडेललाई पक्राउ गर्ने क्रममा सञ्चारमाध्यमको संवेदनशीलतालाई समेत ख्याल नगरी प्रहरीले बलजफ्ती रुपमा न्यूज २४ टेलिभिजनको कार्यालयमा प्रव...

उदयपुरमा ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ

उदयपुरमा ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा प्रहरीले स.७.प. ८८०९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका सिराहाको भगवानपुर गाउँपालिका २ का २० वर्षीय मुकेशकुमार यादव र २३ वर्षीय रमेशकुमार महतोलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट फेनारगन १ सय एम...