उदयपुर / उदयपुरमा विभिन्न मुद्धाका फरार ३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्धाका एक, सवारी ज्यान मुद्धाका एक र वन मुद्धाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लागूऔषध मुद्धाका फरार प्रतिवादी त्रियुगा नगरपालिका ६ का ४९ वर्षिय पूर्णबहादुर राउत, सोही ठाउँ बस्ने ४५ वर्षिय राजेश्वर चौधरीलाई सवारी ज्यान मुद्धामा फरार प्रतिवादी हुन् । जिल्ला अदालतको फैसला बमोजिम दुवैले २ हजारका दरले जरिवाना तिरेर घर फर्किएका छन् ।
यस्तै वन मुद्धामा फरार प्रतिवादी त्रियुगा नगरपालिका ६ बस्ने ४७ वर्षिय बाबुराम थापाले १३ हजार ८ सय ८० रुपैया जरिवाना अदालतलाई बुझाउनु पर्ने देखेपछि उनलाई पक्राउ गरिएको थियो । प्रतिवादी थापाले पनि विहिबारै जिल्ला अदालतमा जरिवाना तिरेर घर फर्किएका थिए ।

तपाईको प्रतिक्रिया