उदयपुर । तीन महिना अघि देखा परेको डेङ्गु रोग उदयपुरमा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरसहित स्थानीय नगरपालिका र गाउँपालिकाले नियन्त्रणको प्रयास गर्दा समेत डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो ।
डेंगु नियन्त्रणका विषयमा मंगलबार त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीको अध्यक्षतामा बसेको सरोकारवालहरुको बैठकमा नगरपालिकाले डेंगु टेष्ट गर्न विरामीलाई निःशुल्क किट उपलब्ध गराउने भएको छ । डेंगूको टेष्ट गर्न चाहिनेलाई किट तत्काल उपलब्ध गराई बिरामीको उपचारमा कुनै कमी हुन नदिन जिल्ला अस्पताल गाईघाटलाई निर्देशन दिइएको छ । डेंगु चेक जाँचका लागि त्रियुगा नगरपालिकाले १०० वटा किट निःशुल्क उपलब्ध गराउने र नपुगेमा थप १०० नगरपालिकाले दिने जानकारी गराउँदै त्यसको उपचारमा कुनै कमि हुन नदिन जिल्ला अस्पताल गाईघाटलाई निर्देशन दिएको छ ।
त्रियुगा नगरपालिकाले नगर क्षेत्रमा डेंगु फैलाउने लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने काम गरि सकेको छ । रोग फैलिन नदिन नगरको हरेक वडा गाँउ टोल बस्ती सम्म पुगेर स्वास्थ्यकर्मिको टोलीले औषधी छर्किने काम गरि राखेको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए । नगरपालिकाले औषधी छर्किन अभियानकै रुपमा लगेको साथ साथै सरसफाई अभियान चलाई राखेको नगर प्रमुख चौधरीको भनाई रहेको छ । डेंगु नियन्त्रणका लागि फगिङ्ग, लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने र जनचेतना अभिबृद्धि, बिरामीलाई निःशुल्क उपचार गराउँदै आएको डेंगु रोग परीक्षणका लागि किट उपलब्ध गराएको नगर प्रमुख चौधरीको टिप्पणी थियो ।
नगर प्रमुख चौधरीका अनुसार डेंगु नियन्त्रणका लागि प्रत्येक परिवारलाई जिम्मेवार बनाएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । डेंगु नियन्त्रणका लागि अब प्रत्येक परिवारलाई जिम्मेबार बनाएर अघि बढ्नुको विकल्प छैन,’ उनले भने, ‘प्रत्येक स्कुल र क्याम्पसका विद्यार्थीहरुलाई डेंगु नियन्त्रणबारे चेतना जगाएर परिवारमा अभियान सञ्चालनको तयारी गरेका छौं ।
त्रियुगा नगरपालिकाले डेगुं नियन्त्रणको लागि गाईघाट बजारमा सरसफाई अभियान चलाउँने र प्रत्येक वडामा वडा अध्यक्षताको संयोजकत्वमा समन्वय समिति बनाएर टोल बिकास संस्था मार्फत डेंगु नियन्त्रणको अभियान चलाउने निर्णय गरेको छ । सरोकारवाला निकाय, स्थानिय निकायका पदाधिकारीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सहितको सहभागितामा गाईघाट बजार क्षेत्रमा सरसफाई गरिने नगर प्रमुख चौधरीले बताए ।
डेंगु नियन्त्रणका लागि फगिङ्ग, लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने र जनचेतना अभिबृद्धि, बिरामीलाई निःशुल्क उपचार गराउँन दोश्रो चरणको अभियान चलाउन लागेको बताए । डेंगु नियन्त्रणका लागि अब प्रत्येक परिवारलाई जिम्मेबार बनाएर अघि बढ्नुको विकल्प छैन, त्यसका लागि अभियान चलाउनु पर्नेमा प्रमुख जिल्ला अधिकारी धु्रबबहादुर खड्काको जोड थियो ।
सरसफाईमा पानी जमेको खाल्टा, टायर तथा टायर राखेको ठाउँ, ढल तथा नालीहरु समेत सरसफाई गरिने त्रियुगा नगरपालिकाका सामाजिक शाखा प्रमुख बिश्वजीत राईले जानकारी दिए । अनावश्यक रुपमा पानी जम्ने र त्यहाँबाट उत्पादन भएको लामखुट्टेको टोकाईबाट विशेष गरी डेंगु सर्ने भएकाले त्यस्ता ठाउँहरुको सरसफाई गरिन लागेको हो । डेंगुको लक्षण देखा परेमा तुरुन्त नजिकैको स्वास्थ्य केन्द्रमा उपचार गराउन पनि नगरपालिकाको स्वास्थ्य शाखाले आग्रह गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार उदयपुरमा अहिले पनि डेङ्गुका रोगी ९७ भन्दा बढी छन् ।
डेंगु संक्रमणलाई समयमै रोकथाम गर्न नसके बढी रक्तश्राव भएर मानिसको ज्यान समेत जान सक्ने, वान्ता हुने, शरीर कमजोर हुने, खानामा रुची नहुने जस्ता लक्षण देखिने जिल्ला अस्पतालका चिकित्सव डा. विजय मेहताले बताए ।
उदयपुरमा १०० बढी डेङ्गुका बिरामी

तीन महिना अघि देखा परेको डेङ्गु रोग उदयपुरमा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरसहित स्थानीय पालिकाले नियन्त्रणको प्रयास गर्दा समेत डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार उदयपुरमा अहिले पनि डेङ्गुका रोगी ९७ भन्दा बढी छन् । उनीहरुको उदयपुरका विभिन्न अस्पतालमा उपचार भइ रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका चिरन्जीबि बस्नेतले जानकारी दिए । उनका अनुसार यस्तै अवस्था रहे उदयपुरमा पनि सङ्कट आउन सक्छ । स्थानीय तहले डेङ्गु नियन्त्रणका बिभिन्न प्रयास गरि राखेको उनले बताए । उदयपुरमा डेङ्गु पहिलोपटक त्रियुगा नगरपालिकामा फेला परेको थियो । उदयपुरका त्रियुगा, कटारी, चौदण्डीगढी, बेलका लगायतका नगर डेङ्गुको जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा गरि ९७ जनामा डेङगुको संक्रमण भेटिएका छन् । जिल्लाको तराई तथा भित्रि मधेशको भू–भागमा केही दिन देखि डेङ्गु फैलिन थालेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ अनुसार केही महिना यता फैलिन सुरु गरेको डेङगु बेलका नगरपालिकामा– १ जना चौदण्डीगढी नगरपालिकामा– १ जना, त्रियुगा नगरपालिकामा– ५ र कटारी नगरपालिकामा– ९० जना डेङगु फेला परेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिले सबै भन्दा बढी डेङ्गु कटारी क्षेत्रमा फैलिन थालेको र त्यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट र चौदण्डीगढीको बेल्टार बसाहा तथा बेलकाको रामपुर ठोक्सिला क्षेत्रमा फैलिएको जनाएका छन । डेढ महिना अघि कटारीमा दुई जना र चौदण्डीको बेल्टारस्थित बिपी चोकमा एक जना र त्रियुगा नगरपालिकामा एक जनामा देखा परेको डेङ्गगु बिस्तारै फैलिँदै जान थालेपछि अहिले कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका क्षेत्रमा गरेर झण्डै तीन दर्जन बढीमा डेङ्गु रोग फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जानकारी दिए ।
एडिज एजिप्टी ( Aedes Aegyppti ) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । यो लामखुट्टेले सफा पानीमा फु पार्ने गर्दछ । वर्षातको मौसममा पानी जम्ने टिनका डब्बाहरु, रंगका खाली डब्बाहरु पुरानो टायर, ट्यूब तथा खाली ड्रमहरुमा फुल पार्ने गर्दछ । त्यसैगरी घर, कौशीको गमला, फुलदानी, एयर कुलर, एयर कन्डिसन पानीको ट्याकीमा पनि फुल पार्दछ । यो लामखुट्टेले दिउँसो मात्र टोक्छ, डेगु ज्वरो बिरुद्ध कुनै खोप छैन र खास उपचार पनि छैन् तसर्थ लामखुट्टेको टोकाईबाट बच्नु नै डेगु रोगबाट बच्ने मुख्य उपाय हो । यो रोग लाग्न थालेपछि बिरामीमा ज्वरो ५ देखि ७ दिन सम्म आउने, धेरै टाउको दुख्नु, आँखाको गेडी तथा टाउको पछिल्लो भाग दुख्नु, रक्तश्राब हुनु, हाड जोर्नी तथा मासंपेशी दुख्नु, शरीरमा दादुरा जस्ता स–साना फोका देखा पर्ने, लिभर फुलिने, पेटमा पानी जम्ने, गिजाबाट रगत आउने र शरीर दुख्ने जस्ता लक्षण देखा पर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका चिकित्सक बिजय मेहताले जनाएको छ ।
यसरी डेङ्गुबाट बिरामी परेका मध्ये केहीलाई जिल्लामा नै उपचार भइ रहेको र केही बिरामी जिल्ला बाहिर सुनसरीको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा तथा १ नम्बर प्रदेशको बिराटनगरका अस्पतालमा उपचार भइ रहेको समेत स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । डेङ्गु फैलन थालेपछि यसको जानकारी प्रदेश सरकार र प्रदेश स्वास्थ्य मन्त्रालयमा जानकारी गराइएको र यसको नियन्त्रणको विषयमा मंगलवार त्रियुगा नगरपालिकामा नगर प्रमुख बलदेव चौधरीको अध्यक्षतामा बैठक बसि छलफल शुरु गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । बिरामीको रगत परीक्षण गराएपछि डेंगु एन्टीजन पोजेटीभ देखिएको डा. मेहताले बताए । उदयपुरको कटारीमा डेंगु संक्रमण सबै भन्दा बढी भेटिएको थियो ।

यो समाचार पनि पढ्नुस्

उदयपुरमा पनि डेंगु रोगको विरामी फेला

 

तपाईको प्रतिक्रिया