ताप्लेजुङ । ताप्लेजुङ मिक्वाखोला गाँउपालिका १ बेसि गाँउ बस्ने ५५ बर्षीया सन्जमाया तामाङलाई खोलाले बगाउँदा बेपत्ता भएकी छिन ।
शनिबार बिहान ११ः४५ बजे सन्जमाया ताप्लेजुङकै दोभान मेरिङदेन गाँउपालिका(३ स्थितमा रहेको मैवाखोला नजिक हिड्दै गर्दा ढुङ्गाबाट चिप्लिएर लड्दा सोही खोलाले बगाएर उनि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
उनको ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया