लहान । सिरहामा जुवा तासको खालबाट आइतबार राति १० बजेको समयमा २ लाख २१ हजार ४ सय ४५ रुपैया सहित ५ जना पक्राउ परेको छ । सुखिपुर नगरपालिका ८ स्थित विवेक सप्लायर्स कोल्ड स्टोर एण्ड होटलमा तास जुवा खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुखिपुर नगरपालिका ८ का ४० वर्षिय रंजित साह सोही ठाउँका ४२ वर्षिय नागेश्वर चौधरी, ५५वर्षिय राजित साह, ४० वर्षिय राम किशुन महत्तो र अर्का ४० वर्षिय रामविसाल मुखिया रहेका छन् ।
उनीहरुको साथबाट नगद २ लाख २१ हजार ४ सय ४५ रुपैयाको साथै ३ बुक तास, एक थान तन्न सहित पक्राउ परेको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहाको नियन्त्रणमा रहेको छ ।









