राष्ट्रपतिले प्रधानमन्त्रीका लागि आव्हान गरेको सूचना नै गलत
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एक दिनको समय दिएर संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न गरेको आह्वानलाई कानुनका जानकारहरुले संविधान विपरित भनेका छन् ।
प्रतिनिधिसभा विघटन गर्ने नियतका साथ संविधान विपरित कदम चालिएको उनीहरुको भनाइ छ । पूर्वमहान्यायाधिवक्ता तथा बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन नसकेको या राजीनामा दिएको अ...












