बैंक आउन नसक्ने वृद्ध वृद्धालाई त्रियुगा नगरपालिकाद्वारा घरमै भत्ता
उदयपुर । अशक्त भएर बैंकमा समाजिक सुरक्षा भत्ता लिन आउन नसक्नेहरुलाई त्रियुगा नगरपालिकाले घरमै पुगेर भत्ता वितरण सुरु गरेको छ । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले नगर क्षेत्र भित्रका अशक्तहरुलाई घरमै पुगेर बृद्ध भत्ता उपलब्ध गराउनु भएको हो ।सनराईज बैकसँगको सहकार्यमा त्रियुगा नगरपालिकाले शारीरिक रुपमा हिडडुल गर्न नसक्ने नगरबासीलाई घर घरमा गएर रकम हस्तान्तरण गरेको त्रियुगा नगरपालिकाले जनाएको छ ।...












