बेरूजु प्रमाणित गर्न चुनौती दिन्छौं : अध्यक्ष भगतउदयपुर । त्रियुगा उद्योग वाणिज्य संघका पदाधिकारीहरुले मंगलबार छुट्टाछुट्टै विज्ञप्ती निकालेर एक आपसमा आरोप प्रत्यारोप लगाएका छन् ।

त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाइलीको अध्यक्षतामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गजेन्द्रकुमार भगतलाई बेरुजु रकम नतिरेको भन्दै तीन वर्षसम्मका लागि साधारण सदस्य नरहने गरी कारबाही गरिएको छ । संघका अध्यक्ष भगतले ३ लाख २० हजार दुई सय पाँच रुपैया बेरुजु रकम अहिलेसम्म जम्मा नगरेको भन्दै तीन वर्षसम्म साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जनाएको छ ।

यत संघका अध्यक्ष भगतले पनि छुट्टै पत्रकार सम्मेलन गरी संस्थामा कुनै पनि रकम तिर्न र बुझाउन बाँकी नरहेको दावी गरेका छन् । उनले आर्थिक वर्ष २०७४/०७५ को अडिट रिर्पोट देखाएर सवै व्यपारीलाई गुमराहामा राखेको पत्रकार सम्मेलनमा आरोप लगाएका छन् । उनका अनुसार मैले तिर्न बुझाउनु पर्ने बेरुजु रकम सवै तिरेर आर्थिक वर्ष २०७६/०७७ को लागि आइ.एम. एशोसिएट्सले मिति २०७८ असार १५ गते नै लेखापरीक्षण सम्पन्न गरी प्रतिवेदन प्रदान गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को लेखा प्रतिवेदन बमोजिम अध्यक्ष भगतको नाममा कहि कत्तै बेरुजु देखिएको छैन् । लेखा परीक्षण प्रतिवेदनले संघमा ४ लाख ८८ हजार ६ सय ९४ रुपैया १६ पैसा रकम विभिन्न बैंकहरुमा मौजदात रहेको पत्रकार सम्मेलनमा जानकारी दिए । ‘मैले संस्थाको कहि कतै रकम चलाएको छैन ।’ अध्यक्ष भगतले भने,  ‘मैले संस्थाको रकम चलाएको आरोप लगाउनेले प्रमाणित गर्न चुनौति दिन्छौं ।’यस्तै रसाइली टिमले त्रियुगा उद्योग वाणिज्य संघको विधानको परिच्छेद ४ को धारा ४.४ को खण्ड (ङ) ४ मा उल्लेखि गरि अध्यक्ष नरहने गरी कारबाही गरिएको छ भने विधानको परिच्छेद ५ को धारा ५.२ को खण्ड (२) बमोजिम कार्यवहाक अध्यक्षको जिम्मेबारीमा संस्थाको प्रथम उपाध्यक्ष रमेश विश्वकर्मालाई प्रदान गर्ने निर्णय रसाइली पक्षले गरेको छ ।

यस विचमा निषेधाज्ञा केही खुकुलो भएको हुँदा साधारण सभा तथा अधिवेशनको कार्यक्रमहरुलाई पनः सुचारु गर्ने विषयमा कार्यसमिति र सरोकारवालाहरुसंग छलफल र विचार विमर्श भईरहेको अवस्थामा संस्थाका पूर्ण पदाधिकारीहरुलाई खबरे नगरीकन गोप्य रुपले केही पदाधिकारी र सदस्यहरुले अनावश्यक प्रपोगाण्डा खडा गरी नितान्त व्यक्तिंगत आग्रह पूर्वाग्रह राखेर मार्यादित साधारण सभा तथा अधिवेशनको कार्यलाई विथोल्ने र संस्थालाई बदनाम गरेर आफनो व्यक्तिगत निहित स्वार्थ पुरा गर्ने सामाजिक संजाल फेसबुक मार्फत निकालिएको प्रेस विज्ञप्ती माथि त्रियुगा उद्योग वाणिज्य संघ कार्यसमितिको गम्भिर ध्यानाकर्षण भएको छ ।

यस प्रकार संस्थाको विधानको दफा ५.५ को क र ख अनुसार अध्यक्षको अध्यक्षतामा कार्यसमितिको बैठक बस्नु पर्नेमा अध्यक्ष र सचिवको अनुपस्थितिमा संस्थाको बैठक पुस्तिका नै चोरी गरी केहि व्यक्तिहरुको बैठक अज्ञात स्थलमा बसी संस्थाको अध्यक्षले आर्थिक अनियमितता गरेको भनि अप्रमाणित र कपोलकल्पित आरोप लगाई कार्यसमितिबाट निलम्बन गरेको विषय हास्यस्पद रहेको विज्ञप्तीमा जनाएको छ । यी कार्यहरु संस्थाको विधान विपरित रहेको र हामीबाट संस्थाको विधान र नीति नियम विपरित कुनै पनि कार्यहरु नभएको र नगरिएको यसै पत्रकार सम्मेलन मार्फत स्पष्ट गराउँदछौं भनी विज्ञप्तीमा जनाएको छ ।

अध्यक्ष भगतले गत वर्षदेखि नै साधारण सभा गर्ने भनिएपनि कोरोनाका कारणले यस वर्ष स्थगित गर्नु परेको जानकारी दिए । २०७८ बैशाख १५ गते सम्म सदस्यता दर्ता र नविकरणको काम गर्ने, २०७८ जेष्ठ ८ गते संस्थाको साधारण सभा गर्ने र जेष्ठ १५ गते अधिवेशन गर्ने कार्यतालिकाका सार्वजनिक गरिएपनि कोभिड १९ को महामारीका कारण स्थगित गर्नु परेको पत्रकार सम्मेलनमा अध्यक्ष भगतले जानकारी दिए ।
गैरजिम्मेबारी तबरले संस्था, संस्थाका पदाधिकारीहरु र लेखापरीक्षकलाई. नै बदनाम गर्ने गरी केही व्यक्तिहरु मार्फत गरिएको विधान विपरितका कार्यहरु प्रति घोर भर्तसना गर्दै संस्था र उद्यमी व्यवसायीहरुको अहित चाहने यस्ता व्यक्तिहरुको प्रपोगाण्डाको पछाडी. नलाग्न सम्पूर्ण उद्यमी व्यवसायीहरुमा आग्रह गर्दै नक्कली लेखापरीक्षण प्रतिवेदन तयार गर्ने, अज्ञात स्थलमा कार्यसमितिको बैठक भनि अनाधिकारिक रुपमा विधान विपरित बैठक बस्ने जस्ता फर्जि कार्य गर्ने व्यक्तिहरुमाथि नेपालको प्रचलित कानुन अनुसार कडा भन्दा कडा कारबाहीको माग गरेको छ ।

यस्तै प्रथम उपाध्यक्षको टिमले असार २३ गते बैठक माग सम्बन्धको निवेदन दर्ता गरी निवेदनसँगै लिएर गएको कार्यालय सचिव संजिव श्रेष्ठले जानकारी दिएका छन् ।

प्रथम उपाध्यक्ष रसाइलीको टिमले सदस्यता दर्ता र नविकरण वापत १२ लाख बुझाउन बाँकी

त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाइलीको टिमले चालु आर्थिक वर्षमा संघमा दर्ता र नविकरण हुने व्यवसायीहरुबाट उठाएर ल्याएका १२ लाख बढी तिर्नु पर्ने आरोप लगाएका छन् । होटल टाउन हलमा पत्रकार सम्मेलनमा अध्यक्ष गजेन्द्रकुमार भगतको टिमले यस्तो आरोप लगाएका हुन् । अध्यक्ष भगतले उपाध्यक्ष भगतका टिमले २०७८ बैशाख १५ गतेसम्म दर्ता र नविकरण गराएका व्यवसायीहरुको पैसा आफुखुशी गोजीमा राखेर खर्च गरेर विल मिलान गर्नको लागि दवाव दिइएको आरोप लगाएका छन् ।

अध्यक्ष भगत तर्फका व्यवसायीहरुका अनुसार हामीले संघमा व्यवसायी दर्ता र नविकरण वापत ८ लाख बुझाएका छौं, तर उहाँहरुको तर्फबाट एक रुपैया पनि नआएको बताएका छन् ।

रसाइली पक्षले दर्ता र नविकरण वापत संस्थामा तिर्न बुझाउन रहेका सम्पूर्ण पैसा नबुझाएसम्म उनीहरुको पक्षले दावी गरेको सदस्यता कुनै पनि हालतमा कायम नरहने अध्यक्ष भगतले जानकारी दिए । ‘संस्थामा नियम, कानुन छ । मलाई मात्र होइन सवैलाई लागू हुन्छ तसर्थ जवसम्म उनीहरुले सिफारिस गरेको व्यवसायीहरुको पैसा खातामा जम्मा हुँदैन तव सम्म उनीहरुले दर्ता र नविकरण गरेको व्यक्तिले मतदानमा अधिकार पाउँदैन् ।’ अध्यक्ष भगतले भने, ‘हामी पनि कानूनी लडाइको लागि जिल्ला प्रशासन कार्यालयमा जाँदैछौं, कहाँ कस्को गल्ती छ, प्रष्ट हुन्छ ।’

अध्यक्ष भगतका टिमले जवसम्म प्रथम उपाध्यक्ष रसाइलीको टिमले व्यवसायी दर्ता र नविकरण वापतको १२ लाख रकम नतिरेसम्म दर्ता र नविकरण गरेकाहरुलाई मान्यता नदिने बताएका छन् । भगत टिमका व्यवसायीहरुले पहिले अरुलाई आरोप लगाउनु भन्दा पहिले आफु कतिको चोखो छु त्यो पनि हेर्न अनुरोध गरेका छन् । त्रियुगा उद्योग वाणिज्य संघको साधारण सभा र अधिवेशन कोरोना कहर सकिन्ने वितिकै हुने अध्यक्ष भगतले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार म नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य भएको हुनाले चाँडै नै अधिवेशन गराएर पद छोड्ने बताए ।

रसाईलीको अध्यक्षतामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गजेन्द्रकुमार भगतलाई बेरुजु रकम नतिरेको भन्दै तीन वर्षसम्मका लागि साधारण सदस्य नरहने गरी कारबाही गरिएको छ । संघका अध्यक्ष भगतले ३ लाख २० हजार दुई सय पाँच रुपैया बेरुजु रकम अहिलेसम्म जम्मा नगरेको भन्दै तीन वर्षसम्म साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको रसाईलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया