थारुहट रंगशालामा ओपन जिम संञ्चालन
गाईघाट । त्रियुगा नगरपालिका १३ थारुहट रंगशालामा ओपन जिम संञ्चालनमा आएको छ । सोमवार त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरी तथा उपमेयर देवी कुमारी चौधरीले संयुक्त नव निर्मित ओपन जिमको उद्घाटन गरेका थिए ।
ओपन जिमको उद्घाटन गर्दै मेयर चौधरीले जिम स्वास्थ्यको लागि अति आवश्यक रहेको बताए । उनका अनुसार प्रत्येक वडाहरुमा यस्ता ओपन जिम संचालनमा ल्याउनु पर्ने बताए । मेयर चौधरीले त्रियुगा नगरको नारालाई पुरा ग...













