पूर्व राजालाई चुनावमा भाग लिएर राष्ट्रप्रमुख बन्न चुनौति : केन्द्रिय सदस्य रिजाल
उदयपुर / संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामप्रसाद रिजालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनावमा भाग लिएर राष्ट्रप्रमुख बन्न चुनौति दिएका छन् । ससफो उदयपुर जिल्ला समितिको १०औं बैठकमा उनले सो कुरा बताएका हुन् ।
पूर्व राजा शाहले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता आन्दोलनबाट प्राप्त उपलब्धिहरु मास्ने गरी चलखेल गर्न थालेकाले आगामी निर्वाचनबाट राष्ट्रप्रमुख बन्न चुनौति दिएका छन् । रा...













