उदयपुर / सिभिल बैंक लिमिटेडको आठौं वार्षिकोत्सवमा जेहेन्दार गरिव विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । बैंकको वार्षिकोत्सवको अवसरमा गाईघाट शाखाले बालमन्दिर माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा नरमाया राईलाई छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति स्वरुप पाँच हजार बराबरको चेक शाखा प्रबन्धक संजय सिग्देलले विद्यालयका प्रिन्सिपल जंग बहादुर खड्कालाई एक कार्यक्रम बीच हस्तान्तरण गरिएको थियो ।
यस बैंकले समाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी आफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले बताए ।









