खोटाङ / खोटाङमा आत्महत्या गर्न लागेको अवस्थामा एक युवकलाई प्रहरीले उद्धार गरेको छ । ‘पासो लगाएर झुण्डिएर आत्महत्या गर्छु’ भन्दै रुखमा चढेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १८ वर्षीय युवकलाई प्रहरीले उद्धार गरेको छ ।
घर नजिकैको रुखमा चढेर झुण्डिएर आत्महत्या गर्न लागेकाले उद्धारका लागि खबर पाए लगत्तै घट्नास्थल पुगेका प्रहरी चौकी नुनथलाका प्रहरी सहायक निरीक्षक धनबहादुर सुनुवारले बचाएको हुन् ।
प्रहरी सहायक निरीक्षक सुनुवारले राई थरका युवकलाई रुखबाट सकुशल झारेको थियो । एक हातमा वियरको फुटेको बोत्तल बोकेका युवकले उद्दारका लागि रुखमा चढ्न खोज्ने स्थानीयलाई ‘फुटेको वियर बोत्तलले हान्ने र आत्महत्या गर्ने’ त्रास देखाएपछि प्रहरीलाई खबर गरिएको थियो । जोखिम मोलेर रुख चढेका प्रहरी सहायक निरिक्षक सुनुवारलाई युवकले बोत्तलले प्रहार गरे पनि नलागेपछि उद्धार सहज भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले बताए । यस्तै झुण्डिएर आत्मा हात्या गर्न खोज्ने एक जना रुखको हाँगामा अड्केको भिडियो भाइरल बनेको छ । डोरीको पासो घाटीमा लगाएपछि रुखबाट झर्न खोज्दा रुखको हाँगामा अडकिएपछि प्रहरीले उद्धार गरेको थियो । भिडियोको लागि यो लिंकमा क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया