काठमाडौं / परराष्ट्र मन्त्रालयको सुनामीमा बधाई काण्ड सेलाउन नपाउँदै यातायात व्यवस्था कार्यालयमा यस्तै, ‘लिङ्गमा नेटवर्क समस्या’ पत्र सामाजिक संजालमा भाईरल भईरहेको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र बागमतिको पत्रमा ‘लिङ्गमा नेटवर्क समस्या’ यस्तो त्रुटिपूर्ण शब्द लेखेको भेटिएको छ । मिति २०७५÷०९÷११ गतेको सूचनामा ‘यातायात व्यवस्था विभागसम्मको लिङ्गमा नेटवर्कको कारण समस्या उत्पन्न भई सेवा सूचारु हुन नसकेको’ व्यहोराको सूचना प्रकाशित भएको छ । ‘लिंकमा नेटवर्कको कारण समस्या उत्पन्न भई सेवा सूचारु हुन नसकेको’ व्यहोराको पत्र हुनु पर्नेमा लिङ्गमा नेटवर्कको समस्या सूचना प्रकाशित भएको छ । यो पत्र अहिले सामाजिक संजालमा भाईरल भैरहेको छ ।

यस्तै इण्डोनेसियामा सुनामीका कारण ठूलो क्षति पुगेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञप्ति मार्फत सुनामीकाबाट क्षति पुगेको इण्डोनेसियाका राष्ट्रपतिलाई शोक सन्देश पठाउँदा गल्ति भएको छ ।
गल्ति भएको विषयमा यतिखेर सामाजिक संजालमा चर्को आलोचना भएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको उक्त विज्ञप्तिमा गम्भीर त्रुटि फेला परेको हो । अंग्रेजी भाषामा पठाइएको विज्ञप्तिमा सुनामीका कारण धनजनको क्षति भएकोमा इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाइ बधाई भनेर लेखिएको छ ।
अहिले भने मन्त्रालयले विज्ञप्ति सच्याइएको छ ।









