चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर
झापा । मेची नगरपालिकामा शनिबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बिहानैदेखि हावाहुरी र पानीसँगै परेको चट्याङमा परि अन्य दुई जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चट्याङबाट मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउत रहेको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतक राउतकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनक...













