सिरहामा लागु औषधसहित दुई जना पक्राउ
राजेन्द्र महतो, लहान । सिरहाको लहान नगरपालिका १९ गाढाबाट इलाका प्रहरी कार्यालय लहानले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहाननगर पालिका १९ गाढाको आँप बगैचाबाट चेक जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लहान नगरपालिका ३ का २६ वर्षीय प्रवीण कुमार यादव र सोही नगरपालिका ८ का २९ वर्षीय अर्जुन कुमार महतो रहेको प्रहरीले बताएको छ ।...












