
उदयपुर । उदयपुरको रङ्गमहलमा मोटरसाईकल दुर्घटना हुदाँ एकको मृत्यु एक जना गम्भिर घाईते भएको छ । चतरा–गाईघाट सडक खण्ड अन्तर्गत बेलका नगरपालिका–८ रङ्गमहलको ओरालो घुम्तिमा आइतबार मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु् भएको हो ।

मध्यान्ह १२ बजे स.१० प ४२०३ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई सडक देखि करिब १५ मिटर तल खसकेको प्रहरीले जनाएको छ ।
घाईतेहरुलाई उपचारको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको थियो । गम्भिर घाईते बेनपा–२ निबासी २७ वर्षीय अर्जुन यादवको उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ भने निबासी २६ बर्षीय देवचन यादवको उपचार भईरहेको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक नखुलेको प्रहरीले जनाएको छ ।









