राजेन्द्र महतो, लहान । विभिन्न अपराधिक क्रियाकलाप तथा लुटपाट मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले शनिबार लागु औषधसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा तथा प्रदेश प्रहरीको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सिराहा नगरपालिका १७ माडर टोलबाट मिर्चैया नगरपालिका १० बस्ने २२ बर्षीय रबिन्द्र यादवलाई लागूऔषध सहित पक्राउ गरेको हो ।

फाइल तस्विर

पक्राउ गरेका यादवको साथबाट नाईट्रोसन ८० चक्की, एसपीएस पालकन १६ चक्की, नाईट्रोभेट २४५ चक्की, प्याभुस एसपास प्लस ३२ चक्की र चक्कु १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक माधब खरेलले जानकारी दिए ।
पक्राउ परेका यादव केही महिना अगाडी मिर्चैया कल्याणपुर सडकमा भएको लुटपाटमा सग्लन रहेको र केहि ब्यक्तिलाई फोन गरेर ज्यान मार्ने धम्की समेत दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यादवलाई जिल्ला अदालतबाट म्याद थप गरी बिशेष अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया