
डि.एन. चौधरी, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ८ स्थित बैरनीमा कबड हल निर्माण हुने भएको छ । सोमवार एक कार्यक्रम बिच प्रदेश सासंद हिमाल कार्कीले कबड हल निमार्णको शिलान्यास गरेका हुन ।
सांसद कार्कीले हलको शिलान्यास गर्दै खेल क्षेत्रलाई मैत्री वातावरण बनाउनु पर्ने बताए । छिट्टै यो कबड हलले पूर्ण रुप पाउने प्रबिद्धता जनाएका थिए । यो वर्ष कबड हलको पर्खाल र भुई ढलान मात्र भए पनि अगामी आर्थिक बर्षमा भवन निमार्ण समपन्न गर्ने योजना रहेको बताए ।
प्रदेश सासंद कोषबाट तत्काल ८ लाख बिन्योजित रकमबाट निर्माण शुरु गरिएको बैरनी कबड हल निर्माण उपभोक्ता समितिका अध्यक्ष सुकदेव दनुवारले बताए । दनुवारका अनुसार, ७० फिट लम्वाई र ६० फिट चौडाई रहेको हलमा ब्याडमिन्टन,कराते,टेवल टेनिस लगाएत खेल संचालन गर्ने उद्धेश्य रहेको बताए । कबड हल उदयपुरको त्रियुगा नगरपालिका ८ बैरनीको शहिखोला किनारमा निर्माण हुन लागेको हो ।









