पहाडी तथा हिमाली जिल्लामा रंगहरुको पर्व फागु पूर्णिमा हर्षोल्लासका साथ मनाईँदै
काठमाडौँ – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व सोमबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँ...













