डिएन खोहरीया थारु, उदयपुर । थारु सिंगिङ स्टार २०७६ प्रथम संस्करणको पहिलो अडिसन उदयपुरको गाईघाटमा हुने भएको छ । विवेकशिल थारु युवा समुह,सुनसरी,मोरङ्ग द्धरा आयोजित थारु सिंगिङ स्टार २०७६ प्रथम संस्करणको पहिलो अडिसन यही माघ ११ गते शनिवार गाईघाटको होटल टाउन हलमा हुने भएको छ ।प्रदेश १ अन्तर्गत बसोबास गर्ने थारु गायन प्रतिभा भएका युवाहरुलाई लक्षित गरी सिंगिङ स्टारको आयोजना गरिएको कार्यक्रम संयोजक राजेश भगतले बताए । उनका अनुसार पहिलो अडिसन गाईघाटसंगै यस कार्यक्रमको औपचारिक उद्धघाटन हुने जनाएको छ ।
माघ १४ गते झुम्का, १८ गते नेता चोक, २४ गते विर्तामोड र २६ गते दुहवीमा अडिसन कार्यक्रम रहेको संस्थाको सचिव लक्ष्मी नारायण गच्छदारले बताए । उनका अनुसार कार्यक्रमले थारु समुदायमा लुकेर रहेका गायन प्रतिभालाई पहिचान गरी उजागर गर्न प्रेरीत गर्ने मुख्य उद्धेश्य रहेको वताए।
गायन कलालाई मर्यादित बनाउँदै व्यवसायीक वनाउन पहल गर्दै अग्रज व्यक्तिहरुको समान संगै नयाँ पुस्तालाई अवसर प्रदान गरी कलाकारहरुका लागि संस्थागत विकास गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया