दिक्क लाग्दैमा के भयो त ? केबल दुई मिनेटमा मुड परिवर्तन गर्न सकिन्छ !
कहिले कहिँ लामो समयसम्म एकदम दिक्क लाग्छ । कुनै एउटा घटना, कसैसँगको झगडा, हतारको काम, कसैले गरेको गाली ईत्यादी सम्झना आईरहन्छ । घण्टौंसम्म, कहिले काँहि त केही दिनसम्म पनि नराम्रो महसुस भई रहन्छ ।
समाधान के त ?, एउटा अभ्यास गरि हेरौँ है त ।
यदि तपाई उठिरहनु भएको छ भने कतै ठाँउ मिलाएर बस्नुस् । आँखा बन्द गर्नुस् । तपाईलाई दिक्क लाग्ने क्षण सम्झनुस् । हो, सम्झनुस त्यो समय कति तनावमा हुनुहुन्थ्य...