कहिले कहिँ लामो समयसम्म एकदम दिक्क लाग्छ । कुनै एउटा घटना, कसैसँगको झगडा, हतारको काम, कसैले गरेको गाली ईत्यादी सम्झना आईरहन्छ । घण्टौंसम्म, कहिले काँहि त केही दिनसम्म पनि नराम्रो महसुस भई रहन्छ ।
समाधान के त ?, एउटा अभ्यास गरि हेरौँ है त ।
यदि तपाई उठिरहनु भएको छ भने कतै ठाँउ मिलाएर बस्नुस् । आँखा बन्द गर्नुस् । तपाईलाई दिक्क लाग्ने क्षण सम्झनुस् । हो, सम्झनुस त्यो समय कति तनावमा हुनुहुन्थ्यो । मन कस्तो दुखिरहेको थियो । तपाईको दुस्ख सुन्ने कोहि साथी पनि सँगै थिएन । कस्तो गाह्रो थियो, कस्तो सकस थियो । दृश्य र अनुभूतीले डर लाग्न थाल्छ । याद गर्नुस् । अब आँखा खोल्नुस् ।
बसेको ठाँउबाट उठ्नुस । अहिले पढौँ, पछि गरौंला सोचिरहनु भएका साथीहरु, यो अभ्यास सिक्नु छ, यसको प्रभाव बुझ्नु छ भने पछि होइन, अहिले उठ्नुस त ।
टाउकोलाई ६० डिग्रीमा उठाउनुस्, हात माथि माथि आकाश तर्फ लैजानुस् । ओठलाई मुस्कुराउन दिनुस् । अघि सम्झिएको घटना फेरि हुबहु सम्झनुस् । अघि सम्झिएकै पीडा सम्झनु । के भयो ? अनुभूति गर्नुस् । हास उठ्यो होइन । नाच्न मन लग्यो होला होइन । जति समय हाँस्न मन लाग्छ, मज्जाले हाँस्नुस् ।
यसो किन हुन्छ ? एकै छिनमा कसरी यस्तो मुड परिवर्तन भयो ?
कुरा सरल र रमाइलो छ । हाम्रो शरीरको हाउभाउ, हात खुट्टाको चालले हाम्रो दिमागलाई सिधा असर गर्छ । सिधा वा माथि हेर्दा उदासिनता घट्छ । त्यसैले सधैं आफ्नो शीर उच्च राख्नु पर्छ । शरीरको हाउभाउ मिलाए मात्र पनि धेरै सकारात्मक ऊर्जा प्राप्त गर्न सकिन्छ ।