उदयपुर/गायक अशोक सिवाको स्वर रहेको ‘ए कान्छी’ को भिडियो सार्वजनिक भएको छ ।
अशोक सिवा र विशाल खतिवडाको शब्द रहेको भिडियोमा हरी हुमागाईको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ । ट्राभल स्टोरी समेटिएको भिडियो प्रदिप कुमार चौधरीको निर्देशनमा तयार भएको हो । रंगकर्मी चौधरीको यो डेब्यु भिडियो निर्देशन हो । उनी नाटक निर्देशन, अभिनय तथा लेखनमा पनि सक्रिय छन् ।
भिडियोमा अभिनेत्री सारा शिर्पाली, करण श्रेष्ठ, रियाज आचार्य, समित कपाली, धिरज आचार्य, प्रदिप रावल, गोकुल पोखरेल, बिकास लामा लगायतको अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया