उदयपुर । उदयपुरमा पर्यटन भित्र्याउने बारे पालिका स्तरीय वृहत छलफल भएको छ । पर्यटन बर्ष २०२० लाई सफल बनाउने भन्दै राष्ट्रिय पर्यटन बोर्ड नेपालले अहिले देशैभर पर्यटन बर्षको तयारी र पर्यटनहरु भित्र्याउने कार्यहरु गरिरहेको छ । उदयपुरमा पनि पर्यटन भित्राउन स्थानीय सरकारहरुले भव्य तयारी गरिरहेको छ । यसै शिलशिलामा जिल्लामा ५० हजार पर्यटन भित्राउने उदेश्यका साथ बिहिबार त्रियुगा नगरपालिकाले समन्वय बैठक तथा छलफल कार्यक्रम गरेको छ ।
पर्यटन भित्र्याउनका लागि नाकाहरुमा पर्यटकिय स्थलहरुको जानकारी पुस्तिा राखिनु पर्ने, कुन खालको पर्यटक हो पहिचान गर्नु पर्ने लगायतका विषयमा छलफल भएको थियो । नेपालमा भित्रिने पर्यटक मध्ये साहसिक, वातावरणीय र धार्मिक पर्यटक रहेकोमा साहसिक र वातावरणीय पर्यटकसँग कसरी आम्दानी लिन सकिने त्यसबारे छलफल भएको थियो ।
उदयपुर जिल्लाको बिभिन्न पर्यटकिय क्षेत्रहरुलाई समेट्दै कसरी पर्यटकहरुलाई सहज र सरल वातावरणका साथ भित्राउने भन्ने विषयमा विभिन्न सम्बन्धित निकायहरुसँग छलफल तथा अन्र्तक्रिया गरिएको हो । अन्र्तक्रियामा पर्यटन भित्र्याउन अझै धेरै सेवा सुविधा र सुधारका पक्षहरु बाँकी नै रहेको कुरा छलफलमा उठेको छ । पर्यटनहरुलाई सहज वातावरणका निम्ति अझै धरै कार्यहरुलाई अगाडी बढाउनु पर्ने अन्तक्रियाले देखाएको छ ।
पर्यटनलाई सहज वातावरण बनाउन खाने वस्ने व्यवस्थापनहरुमा जोड गर्नुका साथै बिषेश गरी खानाको मुल्य निर्धाण, सरसफाई, संस्कार संस्कृति, जातिय पहिचान, सुरक्षा, पर्यटकीय क्षेत्रहरु तथा ऐतिहाँसिक महत्वबारे जानकारी, भौतिक पूर्वधारको सुविधा, नेटवर्क तथा इन्टरनेटहरुको व्यवस्था, लागाएतका कुराहरुलाई जोड दिएमा मात्र पर्यटनहरु जिल्लामा बढाउन सकिने सम्बन्धित निकायहरुको भनाई छ ।
पर्यटकको इच्छा चाहानालाई स्थानीयले बुझ्न पर्ने छलफलमा कुरा उठेको थियो । पर्यटनले त्याहाँ आफुलाई खुसी भएको महसुस गरेमा अन्य पर्यटनहरुमा समेत प्रचारप्रसार पुग्ने र पर्यटनहरुको आकर्षण बढ्ने कुरा छलफलमा राखिएको छ ।
पर्यटनको नाममा कमाउने होइन पर्यटनलाई रमाउने वातावरण दिन सकिएमा पर्यटन वर्ष सफल हुने त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले बताए । उनले छलफलमा उठेको समस्यालाई समाधान र सुधारको पक्षमा लानु पर्ने वताए ।
सबै सम्बन्धित निकायहरुले छलफलमा उेठेका समस्याहरुलाई समधानको निम्ति सहयोग गर्न उहाँले आग्रह गरेका थिए । भ्रमण वर्ष २०२० लाई सफल बनाउन नागरिक समाज, होटल व्यवसायी संघ, पत्रकार, उद्योगवाणीज्य तथा व्यापारी, स्थानीय, संघसंस्था, महिला अधिकारकर्मि, कलकार, समाज सेवी, मानवअधिकारकर्मी, विद्यार्थी, युवा, यातायात, लगाएतलाई सहयोग र आफ्नो तर्फबाट लागि पर्न उनले आग्रह गरेका थिए । चौधरीले सबैको सहयोग र साथले पर्यटन वर्षलाई भव्य र सभ्य बनाउन आफु लगाएत सबै पालिकाको जनप्रतिनिधिहरु पनि पूर्ण रुपले लागि पर्ने र अझै धेरै पर्यटन क्षेत्रहरुलाई पहिचान गर्ने बताए ।
विषेश गरी पर्यटनलाई सुरक्षा र स्वतन्त्रता महसुस गर्न सुरक्षा निकायहरुको निकै ठुलो भुमिका रहने जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी वीर बहादुर मगरले बताए । उनले पर्यटनहरुको सुरक्षाको निम्ति आफ्नो भुमिका पूर्ण रुपमा निभाउने बताए । उनले सुरक्षालाई बलियो बनाउन भौतिक पूर्वधारहरु विकास भएको हुनु पर्ने बताए । बाटो घाटो पुगेको स्थानहरुमा सुरक्षा सहज, सरल र छिटो हुने बताए ।

तपाईको प्रतिक्रिया