प्रथम त्रियुगा नगर खेलकुद महोत्सव शुरु

प्रथम त्रियुगा नगर खेलकुद महोत्सव शुरु
उदयपुर । उदयपुरमा प्रथम त्रियुगा नगर खेलकुद महोत्सव सुरु भएको छ । “खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियन” भन्ने नारा सहित नगर युवा तथा खेलकुद विकास समिति त्रियुगाको आयोजनामा पुरानो गाईघट स्थित थारुहट रंगशालाको मैदानमा प्रथम त्रियुगा नगर खेलकुद महोत्सव शुरु भएको हो । महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, कराँते, तेक्वान्दो, बक्सिङ, व्याडमिन्टन लगायतका खेलहरु खेलाइने आयोजकले जनाएको छ...

थारु समुदायमा लक्ष्मी पुजाका दिन खेलिने हुके हुक्का खेल लोप हुँदै

थारु समुदायमा लक्ष्मी पुजाका दिन खेलिने हुके हुक्का खेल लोप हुँदै
उदयपुर । सनपाटको सन्ठी नहुँदा थारु समुदायमा लक्ष्मी पुजाको दिन खेलिने हुके हुक्का खेल लोप हुन लागेको छ । सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केहि बर्ष अगाडि सम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप भएको हो । पछिल्लो समयमा सनपाटको उत्पादन नगर्ने र लगाएको सनपाटले बजारभाउ नपाउदा कृषकहरुले सनपाट रोप्न छाडेपछि सन्ठीको अभावमा यो खेल लोप भएको थारु पण्डित बासुदेव चौधरीले...

एन्फा प्रवक्ता किरण राईको नक्कली आईडी बनाएर पैसा माग्ने पक्राउ

एन्फा प्रवक्ता किरण राईको नक्कली आईडी बनाएर पैसा माग्ने पक्राउ
उदयपुर । अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईको नक्कली फेसबुक आइडी बनाएर पैसा माग्ने एक जनालाई उदयपुर प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली फेसबुक बनाई सर्बसाधारणलाई सापटी भन्दै पैसा माग्ने त्रियुगा नगरपालिका ११ गाईघाटका २१ वर्षिय पंकज साहलाई प्रहरीले सोमबार प्रहरीले पक्राउ गरेको हो । सर्वसाधारणमात्र नभई जनता समाजवादी पार्टीका नेता राहुल यादवसमेतलाई पैसा मागेपछि नक्कली फेसबुकको कर्तुत...

कटारीमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

कटारीमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
उदयपुर । ‘स्वास्थको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने नाराका साथ बडादशैंको अवसरमा ब्याडमिन्टन प्रतियोगिता उदयपुरको कटारीमा सम्पन भएको छ । कटारी नगरपालिका २ गुरासमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको हो । गुरास क्लबको आयोजनामा भएको उक्त प्रतियोगितामा बेलसोतका हिमाल खड्का र देवराज कार्कीले उपाधि हात पारेका छन् । खड्का र कार्कीको जोडीले प्रतियोगिताको उपाधि चुमेका थिए भने तिलक मग...

समिक्षाको आँखाको उपचारको लागि राष्ट्रिय टिमको सहयोग

समिक्षाको आँखाको उपचारको लागि राष्ट्रिय टिमको सहयोग
उदयपुर । बेलका नगरपालिका ५ घर भएकी १६ वर्षीय समिक्षा मगरलाई उपचारको लागि सहयोग जुट्ने क्रम जारी छ । घरमा काम गर्ने शिलशिलामा आँखामा गम्भीर चोट लागेकी यु–१६ महिला फुटबल खेलाडी समिक्षा मगरलाई नेपाली महिला राष्ट्रिय टोली र नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आर्थिक सहयोग गरेका छन् । शनिबार महिला विभाग प्रमुख तथ महिला राष्ट्रिय फुटबल टोलीका पुर्व प्रशिक्षक हरि खड्का, अफिसियल र नेपाली राष्ट्रिय महिला ट...

गलत राजनितिको धङ्गधङ्गी भनेको सबै भन्दा घातक हुँदो रहेछ : नगरप्रमुख राई

गलत राजनितिको धङ्गधङ्गी भनेको सबै भन्दा घातक हुँदो रहेछ : नगरप्रमुख राई
उदयपुर । गलत राजनितिको धङ्गधङ्गी भनेको सबै भन्दा घातक हुने चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख खगेन्द्र राईले बताएका छन् । ७० औ प्रजातन्त्र दिवसको अवसरमा नगरपालिकाद्धारा बुधबार आयोजित कार्यक्रममा नगरप्रमुख राईले सो कुरा बताएका हुन् । उनले भने,“धङ्गधङ्गी जाँडरक्सी खाएरमात्र लाग्दो रहेनछ, यो ढङ्गढङ्गी भन्ने कुरा सबै विषयमा लागु हुदो रहेछ ।” कार्यक्रमको प्रमख आकर्षक समेत रहेका नगरप्रमुख राईले जहाँ चाही ...

कटारीमा फागुन ९ गतेबाट मार्सल आर्ट महोत्सव हुने

कटारीमा फागुन ९ गतेबाट मार्सल आर्ट महोत्सव हुने
उदयपुर । आगामी फागुन ९ गतेबाट सुरु हुने कटारी मार्सलआर्ट महोत्सव २०७६को तयारी पुरा भएको छ । कटारी मेयर कप आमन्त्रित कटारी मार्सल आर्ट महोत्सव २०७६ को तयारी पुरा भएको कटारी मार्सल आर्ट महोत्सव मुल आयोजक समितिले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।९ गतेदेखि १७ गतेसम्म संचालन हुने महोत्सवमा १ नं. प्रदेश स्तरीय ६ सय खेलाडीले प्रतिष्पर्धा गर्ने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा उसु तर्पm १४ स...

सर्वाधिक राशी पुरस्कारको भलिबल प्रतियोगिताको उपाधि षडानन्द नगरपालिकालाई

सर्वाधिक राशी पुरस्कारको भलिबल प्रतियोगिताको उपाधि षडानन्द नगरपालिकालाई
उदयपुर ।  उदयपुरको सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले चुमेको छ । ताप्ली गाउँपालिकाको सहयोगमा स्थानीय हिमालचुली क्लब पिपलभन्ज्याङ ताप्ली १ ओख्लेले अन्तरपालिकास्तरीय प्रतियोगिताको उपाधिसँगै नगद एक लाख ५० हजार, ट्रफि र प्रमाणपत्र हात पारेको छ ।क्लब स्थापनाको २५ औँ वर्षगाँठको अवसर पारेर सर्वाधिक पुरस्कार राशीको ‘रजत जयन्ती भलिबल प्रतियोगिता ०७६’ आयोजना गरिए...

ढल्क्यो जोवनको उपधि ४ नं.वडा बसाहाले चुम्यो

ढल्क्यो जोवनको उपधि ४ नं.वडा बसाहाले चुम्यो
उदयपुर । प्रथम पटक चौदण्डीगढीमा आयोजित ढल्क्यो जोवन फुटबल प्रतियोगिताको उपाधि ४ नं. वडा बसाहाले चुमेको छ । आयोजक ६ नं. वडालाई १ गोलको विरुद्ध ४ गोलले पराजित गर्दै बसाहाले उपाधि चुम्न सफल भएको हो । चौादण्डीगढी नगरपालिका ६ नं. वडा सिरुवानी स्थिित कालिका माविको खेल मैदानमा शनिबार भएको प्रतियोगितामा निर्धारित समय भित्रमा दुवै समुहबाट निर्णायक गोल नभएपछि प्यानल्टिमा परिणत गरिएको थियो ।विजयी समुह वसाहाल...

ताप्लीमा एक लाख ५० हजार पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने

ताप्लीमा एक लाख ५० हजार पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने
उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकामा हिमालचुली क्लव पिपलभन्ज्याङको आयोजनामा १ लाख ५० हजार राशीको भलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको विजेता टिमलाई १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र प्रदान गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । क्लव स्थापनको २५ औं वर्षगाँठको अवसर पारेर अहिलेसम्मको सर्वाधिक पुरस्कार राशीको ‘रजत जयन्ती भलिबल प्रतियोगिता ०७६’ आयोज...