उदयपुर । “खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियन” भन्ने मुल नाराको साथ उदयपुरमा साईकल रेस प्रतियोगिता सम्पन्न भएको छ । ‘प्रथम त्रियुगा नगर खेलकुद महोत्सव २०७७’को साईकल रेस प्रतियोगीतामा महिला तर्फ लक्ष्मी मगर र पुरुष तर्फ रुवेन राईले उपाधी हात पारेका हुन् ।
त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा उदयपुर जिल्ला साईकिलिङ संघको समन्वय र त्रियुगा नगरपालिकाको संयोजनमा महोत्सवको आयोजना गरिएको थियो ।
आईतवार त्रियुगा नगरपालिका–११ चप्पन साईकल ट्रयाकमा भएको रेसमा महिला तर्फ जमुना थापा दोस्रो र आशा लिम्बु तेस्रो भएकी छिन् । त्यस्तै पुरुष तर्फ दोस्रो केशव थापा र तेस्रो अवतार राई भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा स्थानीय तथा राष्ट्रिय स्तरका खेलाडिहरुको समेत सहभागिता रहेको थियो । जस मध्य महिला तर्फ ८ जना र पुरुष तर्फ २८ जना गरि जम्मा ३५ जनाको सहभागिता रहेको थिए । १६ वटै वडाबाट साईकल चलाउने दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त प्रतियोगिता सञ्चालन गरिएको उदयपुर जिल्ला साईकिलिङ संघका अध्यक्ष जितेन्द्र रोइलाले जानकारी दिए । तस्विर : उदयपुर जिल्ला साईकिलिङ संघका अध्यक्ष जितेन्द्र रोइलाको फेसबुकबाट