उदयपुर । आगामी फागुन ९ गतेबाट सुरु हुने कटारी मार्सलआर्ट महोत्सव २०७६को तयारी पुरा भएको छ । कटारी मेयर कप आमन्त्रित कटारी मार्सल आर्ट महोत्सव २०७६ को तयारी पुरा भएको कटारी मार्सल आर्ट महोत्सव मुल आयोजक समितिले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।
९ गतेदेखि १७ गतेसम्म संचालन हुने महोत्सवमा १ नं. प्रदेश स्तरीय ६ सय खेलाडीले प्रतिष्पर्धा गर्ने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा उसु तर्पm १४ स्वर्ण, १४ रजत र २८ कास्यपदक, तेक्वान्दो तर्पm १२ स्वर्ण, १२ रजत र २४ कास्य र सितोरियो कराते तर्पm १३ स्वर्ण र १३ रजत र २६ कास्यका लागि प्रतिष्पर्धा हुने आयोजक समितिका अध्यक्ष दिपक तामाङ्गले बताए ।
कटारी नगरपालिकाको सहयोग र होटल माछापुच्छ्रे होलिडे ईनको सह प्रायोजकमा प्रतियोगीता हुने भएको छ । मेयर कप भनिए पनि प्रदेशका सवै खेलाडीहरुले सहभागीता जनाउने भएकाले “पर्यटन वर्ष २०२०” लाई थप सहयोग पु¥याउने सितोरियो करातेका प्रशिक्षक शुरेस थापा मगरले बताए ।
महोत्सवमा सहभागि भई महोत्सवलाई सफल बनाउनको लागि सवै खेलप्रेमी तथा दर्शकहरुलाई आयोजक समितिले आग्रह समेत गरेका छन् ।









