उदयपुर । उदयपुरमा प्रथम त्रियुगा नगर खेलकुद महोत्सव सुरु भएको छ । “खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियन” भन्ने नारा सहित नगर युवा तथा खेलकुद विकास समिति त्रियुगाको आयोजनामा पुरानो गाईघट स्थित थारुहट रंगशालाको मैदानमा प्रथम त्रियुगा नगर खेलकुद महोत्सव शुरु भएको हो ।
महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, कराँते, तेक्वान्दो, बक्सिङ, व्याडमिन्टन लगायतका खेलहरु खेलाइने आयोजकले जनाएको छ ।
खेलको उद्धघाटन गर्दै त्रियुगा नगरपालिकाको नगर प्रमुख बलदेव चौधरीले खेलाडीले राष्ट्रको नाम राख्न सक्ने भएकोले त्रियुगा नगरपालिकाले खेललाई प्राथमिकताका दिएको बताए । विगतका वर्षहरुमा पनि जिल्लामा खेल आयोजना भएको बताउँदै थप व्यावस्थित सहित यो वर्ष पनि खेल महोत्सव आयोजना गरिएको बताए ।
खेलकुद प्रतियोगिताले युवायुवतीहरुलाई दुव्र्यशनीबाट बच्न सहयोग पुग्ने मेयर चौधरीले विश्वास व्यक्त गरे । नगर प्रमुख चौधरीले धेरै खेलहरु रहेकोले नियममा रहेर खेल खेल्न सम्पूर्ण खेलाडीहरुलाई आग्रह गर्नुभयो । खेलाडीहरुलाई प्रोत्साहन गर्न नगरपालिका तयार रहेको बताउँदै नगरका खेलाडीलाई प्रदेशस्तरका खेलहरुमा सहभागी गराउनु पर्नेमा जोड दिनुभयो ।
खेलकुद महोत्सव अविधिभर त्रियुगा नगरपालिका १० बोक्से नयाँ वस्तीमा भलिवल, पूर्वपश्चिम बसपार्क छेउमा क्रिकेट व्याडमिन्टन, कराँते, बक्सिङ, लगायतका खेलहरु बोक्से स्थित कवर्डहलमा हुने छ ।
यस्तै साइकल रेस प्रतियोगिताको उपाधि महिला तर्फ लक्ष्मी मगर र पुरुष तर्फ रुवेन राईले हात पारे । यस्तै साईकल ट्रयाकमा भएको रेसमा महिला तर्फ जमुना थापा दोस्रो र आशा लिम्बु तेस्रो भएकी छिन् । त्यस्तै पुरुष तर्फ केशव थापा दोस्रो र अवतार राई तेस्रो भएको आयोजकले जनाएको छ ।
१६ ओटै वडाहरुका विभिन्न विद्याका खेलाडीहरुलाई सफल खेलाडी उत्पादनको लागि खेलकुद महोत्सव आयोजना गरिएको छ । फुटवलमा १४ ओटा वडाहरुले सहभागी जनाएको छ । फुटवल उद्घाटनको दिन त्रियुगा नगरपालिका ११ र त्रियुगा नगरपालिका ३ ले प्रतिस्पर्धा भएको थियो । खेलकुद महोत्सव फागुन २३ देखि चैत्र २ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया