उदयपुर । उदयपुरको सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले चुमेको छ । ताप्ली गाउँपालिकाको सहयोगमा स्थानीय हिमालचुली क्लब पिपलभन्ज्याङ ताप्ली १ ओख्लेले अन्तरपालिकास्तरीय प्रतियोगिताको उपाधिसँगै नगद एक लाख ५० हजार, ट्रफि र प्रमाणपत्र हात पारेको छ ।क्लब स्थापनाको २५ औँ वर्षगाँठको अवसर पारेर सर्वाधिक पुरस्कार राशीको ‘रजत जयन्ती भलिबल प्रतियोगिता ०७६’ आयोजना गरिएको थियो । प्रतियोगितामा आयोजक ताप्ली गाउँपालिकाले उपविजेतामा चित्त बुझाउनु परेको थियो । यस्तै तृतिय स्थान रामप्रसाद राई गाउँपालिका भोजपुरले हात पारे । उपविजेतालाई नगद १ लाख, ट्रफि, प्रमाण पत्र र तृतिय स्थान हासिल गर्ने टिमलाई नगद ५० हजार, ट्रफि र प्रमाण पत्र प्राप्त गरेको क्लबका अध्यक्ष टोपबहादुर ज्युठकुरीले जानकारी दिए ।
यस्तै सान्तवना हतुवागडी गाउँपालिका भोजपुर भएका थिए । प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी, वेष्ट स्टाइकर, लिफ्टर, ब्लकर र डिफेन्डरलाई पनि नगर र प्रमाण पत्र सहित पुरस्कृत गरेको थियो ।