उदयपुर । प्रथम पटक चौदण्डीगढीमा आयोजित ढल्क्यो जोवन फुटबल प्रतियोगिताको उपाधि ४ नं. वडा बसाहाले चुमेको छ । आयोजक ६ नं. वडालाई १ गोलको विरुद्ध ४ गोलले पराजित गर्दै बसाहाले उपाधि चुम्न सफल भएको हो । चौादण्डीगढी नगरपालिका ६ नं. वडा सिरुवानी स्थिित कालिका माविको खेल मैदानमा शनिबार भएको प्रतियोगितामा निर्धारित समय भित्रमा दुवै समुहबाट निर्णायक गोल नभएपछि प्यानल्टिमा परिणत गरिएको थियो ।विजयी समुह वसाहालाई नगरद ५० हजार रुपैया, ट्रफि, मेडल र पत्रमाणपत्रद्धारा नगरप्रमुख खगेन्द्र राई र उपप्रमुख रिताकुमारी चौधरीद्धारा पुरस्कृत गरिएको छ । त्यसैगरी उपविजेता आयोजक ६ नं. वडाले नगद २५ हजार रुपैया, ट्रफि, मेडल र पमाणपत्रले पुरस्कृत भएका छन् । प्रतियोगिताको उत्कृष्ठ खेलाडिबाट ६ नं.का विरेन्द्र वस्नेतलाई पुरस्कृत गरियो भने खेलको उत्कृष्ठ गोल रक्षकमा ४ नं.वडाका गोल रक्षक रामचन्द्र वस्नेतलाई दुवैजनालाई नगद २५÷२५ सय रुपैयाको दरले पुरस्कृत गरिएको छ । त्यसैगरी खेललाई प्रोत्साहनस्वरुप आर्थिक सहयो गर्ने विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई समेत प्रशंसापत्रले सम्मान गरिएको छ । खेलको समापन कार्यक्रममा नगरप्रमुख राईले खेल जगतले चौदण्डीगढी नगरपालिकालाई चिनाउने कार्य भइरहेकाले खेल क्षत्रमा उत्साहित भएर अगाडी बढन् खेल प्रेमीहरुलाई आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, “ खेलजगतमा युवाहरुलाई रोजगारी समेत हुने र राज्यको नाराहरुलाई खेलकुदको माध्यामबाट पुरा हुने गरेको छ ।” कार्यक्रममा उपप्रमुख चौधरी र ६ नं. वडाध्यक्ष कमलध्वज राईले शुभकामना व्यक्त गर्नु भएको थियो । ईतिहासमै पहिलो पटक आयोजना गर्रिएको प्रतियोगिताको समापन समारोहमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रशाद हुमागाई, प्याव्सनका केन्द्रीय सदस्य जनक कार्की, प्याव्सनका नगर अध्यक्ष शुनिल प्रधान, बेल्टार बसाहा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कार्की, ईप्रका बेल्टारका प्रहरी निरीक्षक वुद्धिराम चौलागाई, किरात राई यायोक्खाका जिल्ला अध्यक्ष बलधन राई, नगर सदस्यहरु जानुका कुवर, डोमा शेर्पा, मनु कार्की, सुन्दर साह, समाजसेवी क्या. रामबहादुर राई, ७ नं. वडाका सदस्य हरिमान कटवाल, ६ नं. वडाका सदस्यहरु उद्धव भुजेल, मिठुमाया विक लगायतको उपस्थिति रहेको थियो । वडा नं. ६ ले आयोजना गरेको प्रतियोगितामा १० वटै वडा सहभागिता रहेको थियो । निकै उत्साहकजनक रुचाईएको प्रतियोगितको संयोजक निजु श्रेष्ठको रहेको थियो भने कार्यक्रमको सञ्चालन अञ्जनीकुमार अधिकारीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया