उदयपुर । बेलका नगरपालिका ५ घर भएकी १६ वर्षीय समिक्षा मगरलाई उपचारको लागि सहयोग जुट्ने क्रम जारी छ । घरमा काम गर्ने शिलशिलामा आँखामा गम्भीर चोट लागेकी यु–१६ महिला फुटबल खेलाडी समिक्षा मगरलाई नेपाली महिला राष्ट्रिय टोली र नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आर्थिक सहयोग गरेका छन् । शनिबार महिला विभाग प्रमुख तथ महिला राष्ट्रिय फुटबल टोलीका पुर्व प्रशिक्षक हरि खड्का, अफिसियल र नेपाली राष्ट्रिय महिला टोलीले समिक्षालाई ५० हजार रुपैया सहयोग गर्ने घोषणा गरेको हो ।

शनिवार ए डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दीले समीक्षाको लागि क्लबको तर्फबाट ३० हजार रुपैयाँ सहयोग घोषणा गरेको छ ।
यस्तै नेपाली राष्ट्रिय पुरुष टिमले ३० हजार र १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्न सफल नेपाली यु–२३ पुरुष टिमले १० हजार रुपैया सहयोग गरिएको साग पुरुष टोलीका कप्तान तथा राष्ट्रिय टोलीका सदस्य सुजल श्रेष्ठले जानकारी गराए ।
पूर्व प्रशिक्षक खड्काले सामाजिक सन्जाल फेसबुकमा उपचाररत युवा महिला खेलाडीलाई महिला विभाग, खेलाडी तथा अफिसियलबाट संयुक्त रुपमा सहयोग गर्ने घोषणा गरेका हुन् । समीक्षाको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ ।
समिक्षालाई यसअघि शुक्रबार एन्फा र विराट सांग्रिला स्पोर्टिङ क्लबले समान २५ हजार रुपैया आर्थिक सहयोग गरेको थियो । समिक्षाको उदयपुरस्थित घरको बारीमा काम गर्ने क्रममा ढुङ्गाले लागेर दाहिने आँखामा चोट लागेको थियो ।
समीक्षाको आँखाको शल्यक्रिया गर्ने तयारी भइरहे पनि उनको आँखाको ज्योती पुरानै अवस्थामा फर्काउन भने सम्भव नरहेको डाक्टरले जनाएको बुबा दलबहादुरले जनाएको छ । पीडितका बुबा दलबहादुरले भने, ‘उपचार आँखाको गर्नु पर्ने, खोज्न थाले कोरोनाले गर्दा मेरो छोरीको आँखा गुमेको छ । समयमै उपचार हुँदा छोरीको आँखाको ज्योति त गुम्ने थिएन ।’ बुबाका अनुसार आँखाको ज्योति गुमि नै सक्यो तर, अव आँखाको दाना बचाउने कोशिषमा डाक्टरहरु लागि परेको जानकारी दिए ।
उनले विद्यालयस्तरीय क्विक्स कप खेलेकी थिइन् ।

तपाईको प्रतिक्रिया