अवैध सुन काण्डमा पक्राउ परेका वडाध्यक्ष पूर्पक्षका लागि कारागार चलान
लहान । सिरहामा सुन सहित पक्राउ परेका वडाध्यक्ष सहित ६ जना कारागार चलान भएका छन् । एक किलो सात सय ५७ ग्राम सुनसहित पक्राउ परेका लहान नगरपालिका १९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका हुन् ।
राजस्व चुहावट र विदेशी विनिमय अपचलनको मुद्दामा जिल्ला अदालत सिरहाको आदेशमा शुक्रबार उनीहरु पूर्वपक्षका लागि सिरहा कारागार चलान गरिएको हो । जिल्ला अदालत सिरहाका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासल...













