खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मोटर साइकल आगलागीमा जलेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मी बस्ने जय प्रसाद तामाङको घरमा विहिबार आगलागी हुँदा नगरपालिकाको मोटर साइकल सहित अन्दाजी २० लाख ९ सय ५० रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।
बिहीवार विहान ४ बजे अचानक भएको आगलागीबाट तामाङको ढुङगा माटोले बनेको टिनको छानो भएको २ तले घर, घर भित्र रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, काठपात, कुखुरा १६ ओटा, नगद ३५ हजार ५ सय ५० र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ११ खार्मीको नाममा रहेको मोटरसाईकल १ थान जलेर नष्ट भएको छ ।
उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।









