उदयपुर, मौसममा आएको परिवर्तनका कारण बिहीवार बिहान उदयपुरका अधिकांश पहाडी भागमा हिमपात भएको छ भने तल्लो भेगमा असिना पानी परेको थियो ।
त्रियुगा नगरपालिकाको साउने, खाँबु र जाल्पा चिलाउने लगायतको साथै रौतामाई र उदयपुरगढी गाउँपालिकाको माथिल्लो भेगमा हिमपात परेको छ । उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा हिमपात भएको छ भने तल्लो भेगमा असिना पानी आएको छ ।
हिमपातले हिमपातका कारण चिसो बढेकोले बृद्धबृद्धा, बालबालिका तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन् ।
बुधबारदेखि एक्कासी मौसम बदली भै पानी पश्चात् बिहीवार हिमपात भएपछि, यहाँका साधारण तथा स्थानीय ब्यक्तीहरु चिसोले प्रभावित बनेका हुन् ।
यस्तै बेलका नगरपालिकाा र चौदण्डीगढी नगरपालिकामा बर्षासंगै असिना पानी परेको छ । असिना पानीले लगाएको तोरी, तरकारी लगायतका बाली नाली नष्ट गरेको छ ।

































