लहान । सिरहामा सुन सहित पक्राउ परेका वडाध्यक्ष सहित ६ जना कारागार चलान भएका छन् । एक किलो सात सय ५७ ग्राम सुनसहित पक्राउ परेका लहान नगरपालिका १९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका हुन् ।
राजस्व चुहावट र विदेशी विनिमय अपचलनको मुद्दामा जिल्ला अदालत सिरहाको आदेशमा शुक्रबार उनीहरु पूर्वपक्षका लागि सिरहा कारागार चलान गरिएको हो । जिल्ला अदालत सिरहाका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले वडाध्यक्ष मियाँ सहित उनीसंगै पक्राउ परेका मोहम्मद रहमान, मोहम्मद अफरोज, मोहम्मद अमिरुल, मोहम्मद कैयुम र मोहम्मद रियाजलाई पुर्पक्षका लागि कारागार चलान गरेको श्रेस्तेदार नरेन्द्र श्रेष्ठले बताए ।
गत पुस २४ गते पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका–९ घुर्मी पुलबाट एक किलो सात सय ५७ ग्राम अवैद्य सुनसहित वडाध्यक्ष हकिम मियाँसहित ६ जनालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको थियो । कतारबाट लुकाई छिपाई ल्याइएको सुन लिएर बीआर ३२ पिए ४६४४ नम्बरको स्कारपियो जिप लहानतर्फ आउँदै गरेको सूचनाका आधारमा घुर्मी खोलामा आईपुग्दा सशस्त्र प्रहरीको विशेष टोलीले पक्राउ गरेको थियो ।
प्रहरीले सुनसहित पक्राउ परेकाहरुलाई कारबाहीका लागि पूर्वक्षेत्रीय राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको थियो । उनीहरुमाथि राजस्व चुहावट र विदेशी विनिमय अपचलन गरेको आरोपमा मुद्दामा कार्वाहीको लागि जिल्ला अदालत सिरहा पठाएको थियो ।
यो पनि पढ्नुस् ।

सिरहामा वडाध्यक्ष नै अवैध सुन सहित पक्राउ

तपाईको प्रतिक्रिया