सिरहा, सिरहामा वडाध्यक्ष अवैध सुन सुन सहित पक्राउ परेका छन् । सशस्त्र प्रहरीले लहान नगरपालिका–१९ का वडाध्यक्ष मोहम्मद हकिम अवैध सुन सहित ६ जनालाई पौने दुई केजी काँचो सुन सहित पक्राउ गरेको हो ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिराहाको घुर्मीघाटबाट शनिवार उनीहरूलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिराहाले सुन सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मोहम्मद अमिरुल, मोहम्मद रियाज राइन, मोहम्मद कैयुम राइन, मोहम्मद रहमान र सप्तरी खड्ग नगरपालिका ३ का मोहम्मद अफोज पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक सोमबहादुर गुरुङको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले अबैध सुन सहित उनीहरुलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सशस्त्र प्रहरीले उनीहरूको साथबाट ६ थान हातमा लगाउने बाला र तीन थान सुनको बेरिएको पाता गरी १ किलो ७ सय ५७ दशमलव ७२ ग्राम काँचो सुन, ३४ हजार ५ सय रुपैयाँ नगद सहित ६ थान मोबाइल बरामद गरेको छ ।
सशस्त्र प्रहरीले उनीहरू चढेर आएको बिआर ३२ पीए ४६४४ नम्बरको सेतो रङ्गको स्कार्पियो गाडी समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका मध्ये रियाज गाडी चालक हुन ।
बरामद कच्चा सुन, नगद तथा स्कार्पियो गाडी एक करोड २१ लाख ९३ हजार ४ सय ६४ रुपैयाँको मूल्याङ्कन गरी सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा पठाइएको सीमा सुरक्षा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया