सार्वजनिक खरिद नियमावली संशोधनको माग गर्दै सरकारलाई ज्ञापन पत्र

सार्वजनिक खरिद नियमावली संशोधनको माग गर्दै सरकारलाई ज्ञापन पत्र
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरले सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही प्रावधानलाई संशोधनको माग गर्दै विहिबार जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्कीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । संशोधित नियमावलीले देशको समग्र अर्थतन्त्रलाई नै धराशायी बनाउने भन्दै व्यवसायीहरुको माग बमोजिम नियमावली संशोधन तथा खारेज गर्न माग गर्दै ज्ञापन पत्र ब...

विद्युत् प्राधिकरणले ठूला उद्योगीहरुसँग नौ अर्ब बक्यौता उठाउन बाँकी

विद्युत् प्राधिकरणले ठूला उद्योगीहरुसँग नौ अर्ब बक्यौता उठाउन बाँकी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंङक लाइनबाट विद्युत् सेवा लिएका ग्राहकबाट रु नौ अर्ब नौ करोड ४० लाख ४६ हजार बराबरको बक्यौता उठाउन बाँकी छ । कूल २३९ डेडिकेटेड र ६९ ट्रंक लाइनबाट हालसम्म रु २३ अर्ब ५५ करोड ७६ लाख ४४ हजार बराबरको महसुल उठेको छ । प्राधिकरणले उद्योग तथा प्रतिष्ठानलाई पठाएको महसुलको भने रु ३२ अर्ब ४५ करोड ८० लाख ९७ हजार रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक क...

कारण यस्तो ! कुलमान घिसिङमाथि सार्वजनिक लेखा समितिका सांसदहरुको शंका

काठमाडौं- संघीय संसदको सार्वजनिक लेखा समितिका अधिकांश सांसदहरुले डेडिकेटेड फिडर प्रयोग गरेर पनि उद्योगी व्यवसायीहरुले विद्युत महसुल बक्यौता नतिर्नुमा नेपाल विद्युत प्राधिकरण आफैं जिम्मेवार रहेको धारणा राखेका छन्। ९ अर्ब १० करोड रुपैयाँ बराबर उठ्न बाँकी रहेको विद्युत महसुल बक्यौता उठाउन पछिल्लो समय प्राधिकरण आफैंले पहल गरेपनि गएको तीन वर्षसम्म किन चुप लागेर बसेको बन्दै सांसदहरुले प्राधिकरणला...

मासु खाए ५० हजार जरिबाना, सुराक दिए १५ हजार इनाम

मासु खाए ५० हजार जरिबाना, सुराक दिए १५ हजार इनाम
गोरखा । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ ।  अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’, चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप ...

राजदेवी मन्दिरमा दर्शनार्थीहरुको घुइँचो, एक दर्शनार्थीको मृत्यु (फोटो फिचर)

राजदेवी मन्दिरमा दर्शनार्थीहरुको घुइँचो, एक दर्शनार्थीको मृत्यु (फोटो फिचर)
राजेन्द्र महतो, लहान । सबैको मनोकामना पूरा हुने जनबिशबास रहेको सिरहाको लहान नगरपालिका १७ (ढोढना ) मा रहेको प्रख्यात शक्ति पिठ पञ्चावती राजदेवी मन्दिरमा आज दर्शनार्थीहरुको निकै ठुलो घुइँचो लागेको छ । यहाँ दर्शनका लागि आएका एकजना दर्शनार्थीको गर्मीको कारण मृत्यु समेत भएको छ भने केही बेहोस पनि भएका छ्न । मेला हेर्न आएका सुखीपुर नगरपालिका–२ चन्नरपट्टि गाउँका अन्दाजी ४५ वर्षीय बालगोपाल यादवको अत्याधिक...

हावाहुरीले घर उडाउनेलाई त्रिपाल (फोटो फिचर)

हावाहुरीले घर उडाउनेलाई त्रिपाल (फोटो फिचर)
उदयपुर । उदयपुरमा बुधबार आएको हावाहुरीबाट घर उडाउनेलाई त्रियुगा नगरपालिकाद्वारा त्रिपाल वितरण गरेको छ । त्रियुगा नगरपालिका २ स्थित जोगिदह, खैजनपुर र मिलन चौकमा हावाहुरीले घर उडाउने ७ घर परिवारलाई नगरपालिका विपद् व्यवस्थापन समितिले एक कार्यक्रम गरी त्रिपाल वितरण गरेको छ । बुधबार पानीसँगै हुरीबतासले त्रियुगा नगरपालिका २ का रामकुमार चौधरी, भिमबहादुर कटुवाल, हरि नारायण चौधरी, विन्देश्वर चौधरी, कोपिला...

प्रहरीद्वारा गोदाममा छापा : हरियो मटर र स्याउ बरामद

प्रहरीद्वारा गोदाममा छापा : हरियो मटर र स्याउ बरामद
राजेन्द्र महतो, लहान । सिरहाको नवराजपुर गाउँपालिका–२ मझौरामा प्रहरीले एक एक गोदामा छापामारेको छ । राजश्व छली अबैध रूपमा राखिएको हरियो मटर र स्याउ सहित करिब एक लाख मूल्य बराबरको सामान बरामद गरेको छ । प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा स्थानीय राजेशकुमार कामैत, रमेश कामैत लगायत स्थानीय नागेन्द्र कामैतको घर गोठमा गोदाम बनाएर अबैध रूपमा राजश्व छली गरेर राखेको हरियो मट...

गर्भवतीको पेटमा बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकाल्न सफल

गर्भवतीको पेटमा बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकाल्न सफल
उदयपुर । उदयपुरमा एक गर्भवति महिलाको पेट भित्रको बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकालिएको छ । त्रियुगा नगरपालिका १० करमगाछीको २० वर्षिय आशा राईकी गर्भमा रहेको बच्चा चल्न छोडेपछि गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरले वैशाख २९ गते अप्रेशन गरेर निकालेका छन् । स्त्री रोग विशेषज्ञ डा. अजिजको टोलीले गर्भवति महिलाको पेटमा चल्न छोडेको ३ किलो ५ सय ग्रामको बच्चाको अप्रेशन गरेर निकाल्न सफल भएको हो...

उदयपुर सिमेन्ट फ्याक्ट्रीको खाली जग्गामा भुमाफियाले बनाएको घर टहरा प्रहरीले भत्कायो (फोटो फिचर)

उदयपुर सिमेन्ट फ्याक्ट्रीको खाली जग्गामा भुमाफियाले बनाएको घर टहरा प्रहरीले भत्कायो (फोटो फिचर)
उदयपुर । उदयपुरकै गौरवको रुपमा रहेको उदयपुर सिमेन्ट कारखानाको खाली जग्गामा भुमाफियाको नजर परेको थियो । सिमेन्ट कारखानाको जग्गामा भुमाफियाको नजरपरेपछि दिन दिनै सयौंको संख्याको व्यक्तिहरुले जग्गा भागबण्डा गरेका थिए । हेर्दा लाग्थ्यो त्यो जग्गा प्लटिङ गरेझै लागेपनि भुमाफियाहरुले कब्जा गरेर घर टहरा निर्माण गरेका रहेछन् । भुमाफियाले सिमेन्ट कारखानाको जग्गामा घर टहरा बनाएपछि उद्योगले प्रशासन गुहार्...

स्वान नेपालद्धारा विद्यालय र महिला समूहलाई सहयोग

स्वान नेपालद्धारा विद्यालय र महिला समूहलाई सहयोग
उदयपुर । नेपाल लोक कल्याण संघ स्वानले आफ्नो स्थापना भएको २५ औं बर्षको अवसरमा विद्यालय र महिला समूहलाई सहयोग गरेको छ । उदयपुरको कटारी नगरपालिका ७ रतनपुर अवस्थित कालिका माध्यमिक विद्यालयलाई शुद्ध खानेपानीको लागि १ लाख ६८ हजार सहयोग गरेको छ भने शैक्षिक सामग्री ५२ हजार बराबरको बितरण गरिएको छ । कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक कल्पना कार्की बस्नेतले यस विद्यालयलाई ५ बर्ष सम्म निरन्तर विविध क्षेत...