यस्ता छन् नयाँ बजेटका मुख्य मुख्य बुँदा

यस्ता छन् नयाँ बजेटका मुख्य मुख्य बुँदा
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७६/०७७ का लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट पेश गरेका छन्। जसमध्ये चालू खर्चतर्फ ९ खर्ब ५७ अर्ब, पुँजीगतर्फ ४ खर्ब ८ अर्ब रुपैयाँ तथा वित्तीयतर्फ १ खर्ब ६७ अर्ब रुपैयाँसहित १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट विनियोजन भएको छ। २ घण्टा लामो बजेटमार्फत् उनले धेरैलाई खुसी पार्ने प्रयास गरेका छन्। यस्ता छन् बजेटका मुख्य-मुख्य बुँदा : कर्म...

बजेटको पहिलो महँगी उपहार, पूर्वाधार करले पेट्रोल,डिजल र मट्टितेलमा डेढ रुपैयाँ बढ्यो

बजेटको पहिलो महँगी उपहार, पूर्वाधार करले पेट्रोल,डिजल र मट्टितेलमा डेढ रुपैयाँ बढ्यो
काठमाडौं। बजेटमा पूर्वाधार कर बढाएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटबाट पेट्रोल र डिजलमा प्रतिलिटर थप एक रुपैयाँ पूर्वाधार कर लगाउने घोषणा गरेको केही घण्टा नवित्दै निगमले मूल्य बढाएको हो। निगमले पेट्रोल,डिजल र मट्टितेलमा प्रतिलिटर डेढ रुपैयाँ मूल्य बढाएको हो।निगमका उपनिर्देशक विनितमणि उपाध्यायले पूर्वाधार कर ब...

हेर्नुहोस्, बजेट भाषणको पूर्णपाठ

हेर्नुहोस्, बजेट भाषणको पूर्णपाठ
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा बुधबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विनियोजित रकममध्ये चालु खर्च नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख र  पूँजीगततर्फ चार खर्ब आठ अर्ब ५९ लाख निर्धारण गरिएको बताए । त्यसैगरी वित्तीय व्यवस्थातर्फ एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ विनियोजन गरि...

त्रियुगा नगरपालिकामा २ सय ५० भन्दा बढीलाई रोजगारको अवसर, फर्म भर्ने अन्तिम म्याद जेष्ठ १७ गतेसम्म

त्रियुगा नगरपालिकामा २ सय ५० भन्दा बढीलाई रोजगारको अवसर, फर्म भर्ने अन्तिम म्याद जेष्ठ १७ गतेसम्म
उदयपुर । त्रियुगा नगरपालिकाको आयोजनामा संचालन हुन लागेको वृत्ति परामर्श तथा रोजगार मेलामा २ सय ५० भन्दा बढी युवाहरुले प्रत्यक्ष रुपमा छनौट भएर रोजगार पाउने छन् । बुधबार पत्रकार सम्मेलन गरेर सो जानकारी दिएका हुन् । त्रियुगा नगरपालिका, त्रियुगा उद्योग बाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुर, प्रधानमन्त्री रोजगार कार्यक्रमको आयोजनामा जेष्ठ १७ गते (शुक्रबार) विकास निर्माण, होटल, कलकारख...

भारतद्धारा नाकामा नेपाली तेलका ट्याङ्करहरु रोक्यो

भारतद्धारा नाकामा नेपाली तेलका ट्याङ्करहरु रोक्यो
भद्रपुर । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताए । उनका अनुसा...

सगरमाथामा हस्तमैथुन ! भ्रम फैलाउने काम, सत्यता यस्तो

सगरमाथामा हस्तमैथुन !  भ्रम फैलाउने काम, सत्यता यस्तो
काठमाडौं । विश्वको सर्वोच्च शिखर सथरमाथा आरोहणपछि एक विदेशी आरोहीले हस्तमैथुन गरेको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएपछि हंगामा भएको छ । विश्वभरका पर्यटकको आकर्षणको केन्द्र सगरमाथाको शिखरमा अमेरिकाको भर्जिन आइसल्यान्डका ३६ वर्षीय ह्युग ए रेक्सुनले हस्तमैथुन गरेर ‘कीर्तिमान ? !’ राखेको भन्दै ट्वीटरमा फोटो हालेपछि चर्को आलोचना भएको हो । गत बिहीबारको मितिमा एक जना पाकिस्तानी आरोही करिम शाह ...

जडिबुटी प्रशोधन केन्द्रमा आगलागी रहस्यमय, घटनालाई सुक्ष्म ढंगबाट अनुसन्धान शुरु (तस्विर सहित)

जडिबुटी प्रशोधन केन्द्रमा आगलागी रहस्यमय, घटनालाई सुक्ष्म ढंगबाट अनुसन्धान शुरु (तस्विर सहित)
उदयपुर । उदयपुरको रौतामाई गाँउपालिका ७ मुर्कुची बजारस्थित थापा जडीबुटी प्रशोधन केन्द्रमा बिहीबार साँझ भएको आगलागी घटनालाई प्रहरीले रहस्यमय रहेको जनाएको छ । विगत १५ दिन यता बजार आसपासका क्षेत्रमा श्रृखलाबद्ध आग्जनीका घटनाहरु घटेसँगै प्रहरीले घटनालाई सुक्ष्म अनुसन्धान सुरु गरेको हो । ‘दैनिकजसो वंगुरका खोर, मतान, परालमा आगलागीका घटनाहरु घटेको स्थानीयबाट जानकारी आएको छ,’ घटनास्थल पुगेका जिल्ला प्रहर...

४ करोड भारतीय नोटसहित युनुस अन्सारी पक्राउ

४ करोड भारतीय नोटसहित युनुस अन्सारी पक्राउ
काठमाडौं । कतार हुँदै नेपाल छिराइएको भारतीय २ हजारका नोट समेत रहेको करोडौं रकमसहित त्रिभुवन विमानस्थलबाट युनुस अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीसहित अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको छ । ठूला दुई सुटकेसमा यसरी भारतीय नोट ल्याइएको त्रिभुवन विमानस्थल प्रहरी प्रमूख एसएसपी सन्दिप भण्डारीले पुष्टि गरे । कतारबाट आएका भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिएको बताउँदै भण्डारीले दैनिक न...

राजश्वको स्टिकर नलागेको अबैध गुटखा बरामद

राजश्वको स्टिकर नलागेको अबैध गुटखा बरामद
राजेन्द्र महतो, लहान । सिरहाको मिर्चैया नगरपालिका १ स्थित रहेको गोमती गुटखा उद्योगमा नेपाल प्रहरीले राजश्वको स्टिकर नलागेको अबैध गुटखा बरामद गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रमुख डीआईजी हरिबहादुर पाल र ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी टोलीले गुटखाको प्याकेटको बाहिर राजस्व स्टिकर नलगाई बिक्रि बितरण गर्ने गरेको गोप्य सूचनाको आधारमा उद्योगमा छामा मारेको थियो । ...

उदयपुरमा जडिबुटी प्रशोधन केन्द्रमा भिषण आगलागी, ४ करोड बराबरको क्षति (तस्विर सहित)

उदयपुरमा जडिबुटी प्रशोधन केन्द्रमा भिषण आगलागी, ४ करोड बराबरको क्षति (तस्विर सहित)
उदयपुर । उदयपुरको रौतामाई गाँउपालिका ७ मुर्कुची बजारमा रहेको थापा जडीबुटी प्रशोधन केन्द्रमा आगलागी हुँदा चार करोड बराबरको क्षति भएको छ । विहिबार साँझ बन्द प्रशोधन केन्द्रमा आगलागी हुँदा तेजपत्ता लगायतका जडीबुटी र प्रशोधन केन्द्रको घर जल्दा क्षति भएको हो । आगलागी स्थल पुगेका नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले करिव चार करोडको क्षति भएको बताए । ‘तेजपत्ताको जिल्लाकै ठुलो प्रोधन केन्...