राजेन्द्र महतो, लहान । सिरहाको मिर्चैया नगरपालिका १ स्थित रहेको गोमती गुटखा उद्योगमा नेपाल प्रहरीले राजश्वको स्टिकर नलागेको अबैध गुटखा बरामद गरेको छ ।
प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रमुख डीआईजी हरिबहादुर पाल र ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी टोलीले गुटखाको प्याकेटको बाहिर राजस्व स्टिकर नलगाई बिक्रि बितरण गर्ने गरेको गोप्य सूचनाको आधारमा उद्योगमा छामा मारेको थियो । उद्योगको गोदाममा चेक जाँच गर्दा गोदाम भित्र रहेको गुटखामा स्टिकर नलागेको अबैध गुटखा बदामद गरिएको हो ।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालका अनुसार राजश्वको स्टिकर नलागेको एक हजार चार सय थान (१ थानमा ७० बटा पुरिया) र स्टिकर लागेको ८७ थान बरामद गरेको बताएका छन ।
बरामद गरिएको गुटखा आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय लहान पठाइएको डीआईजी पालले जानकारी दिए ।









