राजेन्द्र महतो, लहान । सबैको मनोकामना पूरा हुने जनबिशबास रहेको सिरहाको लहान नगरपालिका १७ (ढोढना ) मा रहेको प्रख्यात शक्ति पिठ पञ्चावती राजदेवी मन्दिरमा आज दर्शनार्थीहरुको निकै ठुलो घुइँचो लागेको छ । यहाँ दर्शनका लागि आएका एकजना दर्शनार्थीको गर्मीको कारण मृत्यु समेत भएको छ भने केही बेहोस पनि भएका छ्न ।
मेला हेर्न आएका सुखीपुर नगरपालिका–२ चन्नरपट्टि गाउँका अन्दाजी ४५ वर्षीय बालगोपाल यादवको अत्याधिक गर्मीका कारण मृत्यु भएको हो । मृतक यादव भिडभाड र गर्मीका कारण बेहोस भई मृत्यु भएको इलाका प्रहरी कार्यालय ल
हानका डिएसपी राजेश थापाले जानकारी दिए । मेला समितिले तत्काल प्राथमिक उपचार गर्दैगर्दा उनको मृत्यु भएको प्रहरीले जानकारी दिए ।
अत्याधिक गर्मी र भिडभाडले गर्दा दर्जनौं श्रद्धालुहरु बेहोस भएको मेला समितिले जनाएको छ । प्रवेशद्वार साँघुरो हुँदा भिडभाड भएको छ । भिडभाड र गर्मीको कारणले गर्दा यहाँ आवतजावतमा समेत समस्या भएको श्रद्धालुहरु बताउँछन् ।
हरेक बर्ष बुद्ध यन्ती तथा बैशाख पूर्णिमाको दिन सिरहाको लहान नगरपालिका–१७ ढोढनास्थित राजदेवी मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ ।
सिरहा, सप्तरी, महोत्तरी, धनुषा तथा भारतबाट समेत हजारौं हजारको संख्यामा बोका, पाठी, हाँस, परेवा, कुखुराको बलि दिनको लागि भक्तजनहरुको घुइँचो तथा भिडभाड लाग्ने गरेको छन । राजदेवी माताको भाकल, पूजा अर्चना गरे सन्तान प्राप्ति, रोगव्यबाट मुक्ति हुने जनबिश्वास रहेको छ ।













